पाँच संकायका एकै डीन, अख्तियारमा दुई उजुरी

काठमाडौँ, १५ पौष । पोखरा गण्डकी विश्वविद्यालय विज्ञान तथा प्रविधि संकायका डीन कपिल अधिकारीविरुद्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दुईवटा उजुरी परेका छन् । अधिकारीको डीन नियुक्तको विषयलाई लिएर उजुरी परेको हो ।

विद्यालय संगठन र शैक्षिक प्रशासन नियमावली, २०७७ विपरीत अधिकारीलाई डीन नियुक्त गरेको भन्दै छानबिनसहित कारबाहीको माग गर्दै अख्तियारमा उजुरी परेको हो । गण्डकी विश्वविद्यालयको स्नातक तहमा पाँच शैक्षिक कार्यक्रमहरू सञ्चालन गरिरहेको छ । तर, अधिकारीलाई पाँच शैक्षिक कार्यक्रमको डीनको रूपमा कार्यभार सञ्चालनको जिम्मेवारी दिइएको छ ।

गण्डकी विश्वविद्यालयको स्थापना  व्यवस्थापन र सञ्चालन गर्न बनेको ऐनले पनि स्पष्ट रूपमा संकायअनुसार डीन रहने व्यवस्था गरेको छ । उक्त ऐनको दफा २९ (१) मा भनिएको छ- ‘संकाय प्रमुखका रूपमा कार्य गर्न प्रत्येक संकायमा एक जना डीन रहने छ।’ ऐनअनुसार चार संकायमा डीन नियुक्त भएका छैनन् । गण्डकी विश्वविद्यालय संगठन र शैक्षिक प्रशासन नियमावली, २०७७ को परिच्छेद को नियम ४६ मा डीनको व्याख्या गरी डीनको व्यवस्था योग्यता र अनुभवको आधारमा गरिने छ भनी उल्लेख छ । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडैँ, १३ भदाै । आइएमई ग्रुपले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित नागरिकहरूको खोज, उद्धार, तत्काल राहत तथा पुनर्स्थापनाका

काठमाडौँ, १३ भदाै । नेपाल टेलिकमले रसुवाको त्रिशूली थ्रीए जलविद्युत आयोजनासँगै रहेको टावरमार्फत सेवा सुचारू गरेको छ । यसबाट उक्त जलविद्युत्

काठमाडौँ, १३ भदाै । नेपाल प्रहरीले कञ्चनपुरबाट दुई जना भारतीय प्रहरीलाई नियन्त्रणमा लिएको छ । आज दिउँसो कर्नाटकबाट आएका भारतीय प्रहरीका

काठमाडौँ, १३ भदाै । काठमाडौँ महानगरपालिकाले बाढीग्रस्त क्षेत्रमा अलपत्र रहेका यात्रुहरूको स्थलमार्गबाट उद्धार गर्न निःशुल्क यातायात सुरु गरेको छ । शुक्रबारबाट