लियोनल मेस्सीले इन्टर मियामीको सात खेल गुमाउने

काठमाडौँ, १० पौष । अमेरिकी क्लब इन्टर मियामीमा स्टार अर्जेन्टिनी स्ट्राइकर लियोनल मेस्सीले नयाँ सिजनको मेजर लिग सकर (एमएलएस) मा सातवटा खेल गुमाउने भएका छन् । एमएलएसको नयाँ सिजन आगामी फेब्रुअरीको तेस्रो सातादेखि सुरु हुँदैछ ।

नयाँ सिजनको एमएलएसमा इन्टर मियामीले आफ्नो पहिलो खेल फेब्रुअरी २१ तारिखमा रेड साल्ट लेकसँग खेल्नेछ । राष्ट्रिय टोलीबाट महत्वपूर्ण प्रतियोगिता खेल्नु पर्ने भएकाले उनले इन्टर मियामीको सात खेल गुमाउने भएका हुन् । कीर्तिमानी रुपमा आठपटक बालेन डी’ओरको उपाधि चुमिसकेका ३६ वर्षीय मेस्सीले त्यो समयमा राष्ट्रिय टोलीबाट कोपा अमेरिका खेल्नु पर्ने हुन्छ । कोपा अमेरिका फुटबल जुन २० देखि जुलाई १४ तारिखसम्म अमेरिकामै आयोजना हुँदैछ ।

नयाँ सिजनको एमएलएसमा इन्टर मियामीले जुन १५ मा फिलाडेल्फियासँग, कोलम्बससँग जुन १९ मा, नासभिलसँग जुन २९ मा, चार्लोट्टीसँग जुलाई ३ मा र सिनसिनाटीसँग जुलाई ६ तारिखमा खेल्ने कार्यक्रम रहेको छ । यसका अतिरिक्त इन्टर मियामीले टोरन्टोसँग जुलाई १७ र सिकागोसँग जुलाई २० मा खेल्ने कार्यक्रम छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

पोखरा, १४ असोज । पूर्वसहायकमन्त्री प्रकाशबहादुर गुरुङको निधन भएको छ । कास्कीको घान्द्रुक स्थायी घर भई हाल पोखरा–११ निवासी नेपाली

म्याग्दी, १४ असोज । बाढी पहिरोबाट प्रभावित म्याग्दीलाई विपद् संकटग्रस्त जिल्ला घोषणा गर्न सिफारिस गरिएको छ । जिल्ला विपद् व्यवस्थापन

काठमाडौँ, १४ असोज । सरकारले बीमा दाबीको क्षति मूल्याङ्कनका लागि सर्भेयर खटाउने प्रक्रियालाई स्वचालित बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन सिस्टम’ विकास

काठमाडौँ, १४ असोज । संघीय संसद्अन्तर्गत चार संसदीय समितिको बैठक बस्दै छ ।  आज अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार