मन्त्रालयद्वारा २० हजार विद्यार्थीलाई पुनः पाठ्यपुस्तक उपलब्ध

काठमाडौँ, ८ पौष । सरकारले जाजरकोट र बझाङ भूकम्पबाट क्षतिग्रस्त विद्यालयको तथ्याङ्क लिई अस्थायी संरचनाबाट पठनपाठन सुरु गरेको जनाएको छ ।

जसअनुसार २० हजार विद्यार्थीलाई पुनः पाठ्यपुस्तक उपलब्ध समेत गराइएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । यसअघि सरकारले सार्वजनिक विद्यालयका कक्षा १ देखि कक्षा १२ सम्म अध्ययनरत ५२ लाख विद्यार्थीका लागि शैक्षिक सत्र सुरु हुनुभन्दा अगावै निःशुल्क पाठ्यपुस्तक वितरण गरेको थियो।

मन्त्रालयले प्रधानमन्त्री कार्यालयमा पठाएको एक वर्षको कार्य प्रगतिअनुसार एक वर्षको अवधिमा थप दुई जिल्ला (डोटी र कपिलवस्तु) साक्षर जिल्ला घोषित भएको उल्लेख छ । यससँगै साक्षर जिल्लाको सङ्ख्या ६३ पुगेको छ । यसैगरी प्रधानमन्त्री प्रचण्डले सरकारको नेतृत्व सम्हालेसँगै ४९ हजार जनालाई व्यावसायिक सीप प्रदान गरी प्रमाणपत्र प्रदान गरिएको छ । 

मन्त्रालयले शिक्षासम्बन्धी तथ्याङ्‌कमा सहज पहुँचका लागि शैक्षिक सूचना मोबाइल एप सार्वजनिक गरेको छ । यस्तै शिक्षा सेवा आयोगबाट लिइने खुला तथा बढुवातर्फको परीक्षा,  विद्यालय शिक्षाको समकक्षता र प्रमाणपत्र, कक्षा १० र कक्षा १२ को समकक्षता र वैदेशिक अध्ययन अनुमति पत्र पूर्णरूपमा अनलाइन प्रणालीबाट प्रदान गर्ने प्रबन्ध मिलाइएको मन्त्रालयले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडैँ, १३ भदाै । आइएमई ग्रुपले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित नागरिकहरूको खोज, उद्धार, तत्काल राहत तथा पुनर्स्थापनाका

काठमाडौँ, १३ भदाै । नेपाल टेलिकमले रसुवाको त्रिशूली थ्रीए जलविद्युत आयोजनासँगै रहेको टावरमार्फत सेवा सुचारू गरेको छ । यसबाट उक्त जलविद्युत्

काठमाडौँ, १३ भदाै । नेपाल प्रहरीले कञ्चनपुरबाट दुई जना भारतीय प्रहरीलाई नियन्त्रणमा लिएको छ । आज दिउँसो कर्नाटकबाट आएका भारतीय प्रहरीका

काठमाडौँ, १३ भदाै । काठमाडौँ महानगरपालिकाले बाढीग्रस्त क्षेत्रमा अलपत्र रहेका यात्रुहरूको स्थलमार्गबाट उद्धार गर्न निःशुल्क यातायात सुरु गरेको छ । शुक्रबारबाट