रियाद, ७ पौष । जुलियन अल्भारेजको दुई गोलको मद्दतले म्यानचेस्टर सिटीले फ्लुमिनेसेलाई हराउँदै पहिलोपटक फिफा क्लब विश्वकपको उपाधि जित्न सफल भएको छ । सिटीले ब्राजिलियन टोलीलाई ४–० गोल अन्तरले सजिलै हराएको हो ।
पेप ग्वार्डिओलाको टोलीले खेलको ४० औँ सेकेन्डमा नै अग्रता लिएको थियो । अल्भारेजले सिटीका लागि पहिलो गोल गरे । २७ औँ मिनेटमा निनोले आत्मघाती गोल गरेपछि सिटीले दुई गोलको अग्रता बनायो ।
दोस्रो हाफको ७२ औँ मिनेटमा फिल फोडेनको टोलीका लागि तेस्रो गोल गरे भने ८८ औँ मिनेटमा अल्भारेजले अर्को गोल थपे । योसँगै म्यानचेस्टर युनाइटेड, लिभरपुल र चेल्सीपछि क्लब विश्वकपको उपाधि जित्ने सिटी चौथो प्रिमियर लिग टोली बनेको छ ।






