नेमारले कोपा अमेरिका खेल्न नसक्ने

काठमाडौँ, ४ पौष । ब्राजिलियन स्टार नेमारले कोपा अमेरिका फुटबल प्रतियोगिताको आगामी संस्करण खेल्न नसक्ने भएका छन् । कोपा अमेरिकाको आगामी संस्करण जुन २० देखि जुलाई १४ सम्म अमेरिकामा आयोजना हुँदैछ ।

३१ वर्षीय स्ट्राइकर नेमार घुँडाको समस्याबाट पिडीत छन् । सोही कारण नेमारले कोपा अमेरिका खेल्न नसक्ने उनको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । उनी साउदी अरेबियाको क्लब अल हिलालबाट ब्यवसायीक फुटबल खेल्छन् ।

गत सेप्टेम्बरदेखि उनी घुँडाको चोटबाट पिडीत रहँदै आएका छन् । ब्राजिलियन टोलीका चिकित्सक रोड्रिगो लसमरका अनुसार, नेमारको चोट पूर्णरुपमा निको हुन अझै नौ महिना लाग्नेछ । ‘उनको चोट पूर्ण रुपमा निको हुन नौ महिना समय लाग्छ । त्योभन्दा अगाडि उनलाई मैदानमा ओरालेर जोखिम मोल्नु उचित हुँदैन,’ लसमरले भनेका छन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

पोखरा, १४ असोज । पूर्वसहायकमन्त्री प्रकाशबहादुर गुरुङको निधन भएको छ । कास्कीको घान्द्रुक स्थायी घर भई हाल पोखरा–११ निवासी नेपाली

म्याग्दी, १४ असोज । बाढी पहिरोबाट प्रभावित म्याग्दीलाई विपद् संकटग्रस्त जिल्ला घोषणा गर्न सिफारिस गरिएको छ । जिल्ला विपद् व्यवस्थापन

काठमाडौँ, १४ असोज । सरकारले बीमा दाबीको क्षति मूल्याङ्कनका लागि सर्भेयर खटाउने प्रक्रियालाई स्वचालित बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन सिस्टम’ विकास

काठमाडौँ, १४ असोज । संघीय संसद्अन्तर्गत चार संसदीय समितिको बैठक बस्दै छ ।  आज अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार