म चन्द्रमामै गए पनि कसैले टाउको दुखाउनु पर्दैन : रेखा थापा

काठमाडौँ, २९ मंसिर । अमेरिकामै ‘बेबी प्लान’ गर्ने अभिनेत्री रेखा थापाको योजनालाई लिएर सामाजिक सञ्जाल विभाजित देखिएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले उनको पक्ष-विपक्षमा मत राखिरहेका छन् ।

उनले आफू चन्द्रमामै गए पनि कसैले टाउको दुखाउन नपर्ने तर्क गरेकी छन् । एक भिडियो कुराकानीमा रेखाले अमेरिकामै बेबी प्लान गर्ने योजना आफ्नोभन्दा पनि श्रीमानको अधिकार र रुचिमा आधारित रहेको बताएकी छन् ।

उनले भनेकी छन् , ‘श्रीमानको पनि इच्छा हुन्छ होला । उसले आफ्नो व्यवसाय भएको ठाउँ । घरपरिवार भएको ठाउँ लैजान खोज्दैन त ? सन्तान त्यहीं जन्म भएको हेर्न चाहँदैन होला त ? मेरो मात्र अधिकारको कुरा हुँदैन त ? अर्को कुरा यो भ्याकेसनको कुरा हो । म पेट बोकेकै कारणले जान पाउँदिन होला त ?

मेरो बच्चा १८ वर्ष पुगिसकेपछि ऊ कहाँको नागरिक बन्ने उसको कुरा हो । १८ वर्ष पुग्दा म मेरो बाबु आमाको देशको नागरिक बन्छु भनेर गर्व गर्ने वातावरण सिर्जना पो मैले गर्ने हो त । मैले बच्चा जहाँसुकै जन्माए पनि त्यो सरोकारकै कुरा होइन । १८ वर्षपछि त्यो बच्चाको अधिकारको कुरा हो । मेरो राइटको कुरा हैन ।

रेखा थापाले के गर्छे त्यो महत्वपूर्ण हो । म मेरो देश छाडेर कहीं पनि गएको छैन । म मेरो देशमा बस्ने हो । मैले मेरो देशमा काम गर्ने हो । उनीहरु कहाँ जान्छन्त्यो उनीहरुको कुरा हो । उनीहरुलाई मैले पखेंटा काट्ने मेरो अधिकार छैन ।

 हरेक पुरुषले आफ्नो परिवारआफ्नो आमाबाबुसँगै सन्तान जन्मियोस् भन्ने चाहन्छ । माइतीमा जन्माउने चलन त छैन होला नि हाम्रो त । यो विषयमा कोही पनि त्यति धेरै फुर्सदिलो नबन्नुस् । यो अनावश्यक कुरा हो । माइ लाइफमाइ च्वाइस । मेरो मात्र च्वाइसको कुरा हुँदैनमेरो श्रीमानको पनि कुरा हुन्छ । म चन्द्रमामै गए पनि कसैले टाउको दुखाउनु पर्दैन ।

रेखा गत बुधबार श्रीमान बलराम शाहीसँगै अमेरिका प्रस्थान गरेकी थिइन् । चिकित्सकले माघ अन्त्य वा फागुन पहिलो साताको डेलिभरी डेट दिएका छन् । फागुनमै उनको फिल्म ‘उपहार’ पनि रिलिज हुँदैछ । फिल्मको भर्चुअल प्रचार गर्ने उनको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असार । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निलम्बन गरेको छ । फिफा काउन्सिल ब्युरोले बुधबार

काठमाडौँ, ११ असार । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी

काठमाडौँ, १० असार । सरकारले काठमाडौँ उपत्यकाभित्रका सम्पदाहरूमा अहिले जडान गरिएका एलइडी र सिएफएलको हटाएर वार्म लाइट जडान गर्ने तयारी गरेको

काठमाडौँ, १० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनमा हालसम्म निर्वाचन आयोगले विद्युतीय मतदानका लागि उम्मेदवारको सूची उपलब्ध नगराउँदा