अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा नेपाल फाइनलमा

काठमाडौँ, २९ मंसिर । मलेसियाको पेनाङमा भइरहेको ३४औँ अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा नेपालका प्रबल उप्रेती र छिरिङ वाङ्दी शेर्पा फाइनलमा प्रवेश गरेका छन् । यससँगै नेपालको कम्तीमा दुई रजत पदक पक्का भएको छ ।

पुरुष ५१ केजी तौल समूहमा प्रबलले इन्डोनेसियाका हसान बिन अजानलाई ५–० अङ्कको आधारमा पराजित गरी फाइनलमा प्रवेश गरेका हुन् । पुरुष ५७ केजीमा छिरिङले सिङ्गापुरका अब्दुल वाफी बिन इड्रिसलाई तेश्रो राउन्डमा आरएससीका आधारमा हराउँदै फाइनलमा स्थान पक्का गरेका हुन् । पुरुष ५४ केजीमा सिंहवीर लिम्बू तथा ६० केजीमा शुलभ माली सेमिफाइनलमै रोकिएपछि कास्यमा सीमित भएका छन्  ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

पोखरा, १४ असोज । पूर्वसहायकमन्त्री प्रकाशबहादुर गुरुङको निधन भएको छ । कास्कीको घान्द्रुक स्थायी घर भई हाल पोखरा–११ निवासी नेपाली

म्याग्दी, १४ असोज । बाढी पहिरोबाट प्रभावित म्याग्दीलाई विपद् संकटग्रस्त जिल्ला घोषणा गर्न सिफारिस गरिएको छ । जिल्ला विपद् व्यवस्थापन

काठमाडौँ, १४ असोज । सरकारले बीमा दाबीको क्षति मूल्याङ्कनका लागि सर्भेयर खटाउने प्रक्रियालाई स्वचालित बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन सिस्टम’ विकास

काठमाडौँ, १४ असोज । संघीय संसद्अन्तर्गत चार संसदीय समितिको बैठक बस्दै छ ।  आज अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार