(असोज २८, काठमाडौं) । नेपाली फिल्म ‘डाइङ क्यान्डल’ले ‘सिंगापुर साउथ एसियन इन्टरनेशनल फिल्म फेष्टिवल’मा अवार्ड पाउन सफल भएको छ ।
फिल्मले उत्कृष्ट अभिनेत्री र छायाँकारको अवार्ड पाएको छ । अभिनेत्री सृजना सुब्बा र छायाँकार दीपन्कर सिक्देर र रवीन आचार्यले पाएका छन ।
फिल्ममा सिर्जना सहित लाक्पा सिंगे तामाङ, सौगात मल्ल, अर्पण थापा, लगायतक कलाकारकबो मुख्य भूमिका रहेको छ ।





