पार्टी फुट्दैन, कल्पना पनि नगर्नुहोस् : तोसिमा कार्की

काठमाडौँ, १९ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले पार्टी फुट्ने कुरा कल्पना पनि गर्न नसकिने बताएकी छन् ।

कार्की पार्टीमा असन्तुष्ट रहेको समाचारहरू प्रकाशित भएपछि उनले सामाजिक सञ्जालमार्फत यसबारे स्पष्टीकरण दिएकी हुन् । केही दिनअघि पार्टीले विधानमा रहेको व्यवस्था विपरीत पदाधिकारीहरूको चयन गरेको थियो । लगत्तै कार्कीले ‘विधिको शासन र?’ भन्दै आफ्नो सामाजिक सञ्जालमा प्रश्न गरेकी थिइन् ।

तर, कार्कीले यसबारे प्रस्टीकरण दिँदै उक्त प्रश्न ‘सरकार, मन्त्री र न्यायालयप्रति लक्षित रहेको स्पष्ट पारेकी हुन् । उनले लेखेकी छन्, ‘के रे के रे रु फुट्ने रे रु कल्पना पनि नगर्नुस्, हुँदैन, हामी त्यसो हुनै दिँदैनन् । साना लक्ष्यले जुट्या पार्टी हैन, देश बनाउने पार्टी हो, देश बनाउने !! चौरासी त हुन्छ हुन्छ ! हुनैपर्छ । जनताले देश भित्रै सम्भावना र समृद्धि देख्न पाउनै पर्छ । साना दौडमा हिँड्या होइनौ, देश बनाउन हिँड्या हौँ, देश बनाउन !! ठुलो छाती ठुलो मुटु लिएर हिँड्या छौँ । त्यसैले कोसिस नगर्नुस्, सक्नुहुन्न !! घण्टी त बज्छ बज्छ । चौरासीमै बज्छ । बरु आउनुस् तपाईंहरू पनि यो महाअभियानमा नछुट्नुस् ।’ 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असोज । कैलालीमा छुट्टाछुट्टै स्थानमा दुई जना पुरुष मृत फेला परेका छन् । मंगलबार छुट्टाछुट्टै स्थानमा दुई जना मृत

काठमाडौँ, ७ असोज । बाँकेको नेपालगञ्जमा प्रहरीले हवाई फायर गरी लागूऔषध खैरो हेरोइनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारतको

काठमाडौँ, ७ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, ७ असोज । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको