चुनावी सभामा बम आक्रमण, १३ जनाको मृत्यु

(असोज २७, एजेन्सी) । अफगानिस्तानको उत्तरपूर्वमा भएको एक चुनावी र्यािलीमा बम आक्रमण हुँदा कम्तिमा १३ जना नागरिक तथा सुरक्षाफौजका व्यक्तिहरु मृत्यु भएको छ ।

रुस्ताक जिल्लामा आयोजित चुनावी र्या्लीलाई लक्षित गरी मोटरसाइकलमा राखिएको बम पड्काइएको जनाइएको छ । र्यालीमा सम्बोधन गर्न महिला उम्मेदवार नजिफा युसोफी बेग आइपुग्नु ठिक अघि बिस्फोट गराइएको थियो । तखार प्रान्तका प्रान्तीय प्रहरी प्रमुखका प्रवक्ता खलिल असरले ३२ जना अरु घाइते भएको जानकारी दिएका छन् ।

तखारको यस आक्रमणको अहिलेसम्म कसैले जिम्मेवारी लिएको छैन । अक्टोबर २० मा हुने संसदीय चुनावलाई लक्षित गरी देशैभर आक्रमणका सिलसिला जारी छन् । गएको साता पनि हेल्मन्ड प्रान्तमा एकजना उम्मेदवारको हत्या गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ भदौ । कपिलवस्तुको वाणगंगा नगरपालिका–९ जिनुवास्थित कालिका सामुदायिक वनमा बेवारिसे अवस्थामा ५ नाल भरुवा बन्दुक फेला परेको छ

काठमाडौँ, ३ भदौ । हेटौँडा–१९ बस्तीपुरमा रहेको बासुदेव खोलाले बगाएर बेपत्ता भएका दुई बालिकामध्ये एकजनाको शव फेलापरेको छ । निर्मल

काठमाडौँ, ३ भदौ । सुर्खेतको बराहताल गाउँपालिका–४, घुमाउनेस्थित भेरी नदीमा एक पुरुषको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका

काठमाडौँ, ३ भदौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ