अमेरिकी सेनाको विमान जापानमा दुर्घटना

टोकियो, १३ मंसिर । जापानको याकुशिमा टापु नजिकै अमेरिकी सेनाको विमान दुर्घटना भएको छ । विमानमा आठ अमेरिकी सैनिक सवार थिए । जापानी कोस्ट गार्डले बीबीसीलाई उद्धारकर्मीहरूले घटनास्थलमा एक व्यक्तिलाई फेला पारेको जानकारी दिएको छ ।

तर उनको श्वास भने चलेको थिएन । सरकारी अधिकारीहरूलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यममा उक्त विमानको अवशेष याकुशिमामा भेटिएको हुनसक्ने बताइएको छ । जापानको सरकारी मिडिया एनएचकेका अनुसार सीभी२२ ओस्प्रे विमान याकुशिमा एयरपोर्टमा अवतरण गर्न खोजिरहेको बेला बायाँ इन्जिनमा आगो लागेको थियो । यो विमान यामागुची क्षेत्रको इवाकुनी बेसबाट ओकिनावाको काडेना बेसका लागि उडेको बताइएको छ ।

समाचार एजेन्सी रोयटर्सको रिपोर्टका अनुसार जापानका मुख्य क्याबिनेट सचिव हिरोकाजु मात्सुनोले स्थानीय समय अनुसार १४स्४० बजे विमान राडारबाट हराएको बताए । यता कोस्ट गार्डले सात मिनेट पछि विमानबाट एक आपतकालीन सन्देश प्राप्त भएको बताउँदै लगत्तै विमान दुर्घटना भएको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

चितवन, ८ असार । चितवनको भरतपुर महानगरपालिका–१५ स्थित अतिथि पार्टी प्यालेस नजिकै ट्रकको पछाडि स्कुटर ठोक्किँदा दुई जना युवाको मृत्यु

अमेरिका, ८ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि फेरि एक पटक कडा सैन्य हमला गर्ने धम्की दिएका छन् । लेबनानमा

काठमाडौँ, ८ असार । २०८३ साल असार ८ गते सोमबार सन् २०२६ जुन २२ तारिख। जेठ शुक्ल पक्षको अष्टमी । आजको

उदयपुर, ७ असार । प्रहरीले जिल्लाका छुट्टाछुट्टै स्थानबाट लागुऔषधसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३४ वर्षीय कृष्ण