‘छक्का पञ्जा ३’को कमायो दुई दिनमा दुई करोड

(असोज २६, काठमाडौँ) ।  घटस्थापनाको दिन प्रदर्शनमा आएको ‘छक्का पन्जा ३’ फिल्मको इनिसियल बक्सअफिस बम्पर देखिएको छ ।

 वितरकका अनुसार फिल्मले प्रदर्शनको दुई दिनमा २ करोड ग्रस कलेक्सन गरेको छ । फिल्मले प्रदर्शनको पहिलो दिन १ करोड ३० लाख र दोस्रो दिन ८० लाख ग्रस कलेक्सन गरेको हो ।

देशभरका अधिकांश सिंगल स्कृनमा वर्चश्व र मल्टिप्लेक्समा सर्वाधिक सोज पाएका कारण फिल्मको इनिसियल बक्सअफिस बम्पर भएको हो ।

दीपाश्री निरौलाको  निर्देशन रहेको फिल्ममा दीपकराज गिरी, दीपिका प्रसाईँ, केदार घिमिरे, जितु नेपाल, बुद्धि तामाङ, शिवहरि पौडेलको हास्यकलाकारको जम्बो टोलीसहित दीपिका प्रसाईँ, प्रियंका कार्की, स्वस्तिमा खड्का, बर्षा राउत, संजोग कोइराला लगायतको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असार । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको पूर्वी भेगमा

काठमाडौँ, ११ असार । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डले नतिजा समयमै प्रकाशन गर्न कुनै हतार नगरेको बताएका छन्

काठमाडौँ, ११ असार । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को प्रतिनिधि सभाबाट पारित भई आएको एक विधेयक प्रमाणीकरण गरेका छन् ।  राष्ट्रपतिको

काठमाडौँ, ११ असार । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ सत्तासीन दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई प्रदेशसभा खारेजीको एजेन्डा छोडेर