एन्फाद्वारा निःशुल्क बस सेवा

काठमाडौँ, ५ मंसिर । यमन विरूद्धको खेल हेर्न दशरथ रंगशाला आउने दर्शकलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले निः शुल्क बस सेवा उपलब्ध गराउने भएको छ।

फिफा विश्वकप एसिया छनोटअन्तर्गतको दोस्रो चरणको खेलमा नेपाल आज यमनसँग भिड्दै छ । खेल बेलुका ७ बजेदेखि सुरू हुनेछ।

खेल सक्किएपछि दर्शकरहरूलाई घर जान सहज होस् भन्नका लागि एन्फाले निःशुल्क बस उपलब्ध गराउन लागेको हो। त्यसका लागि १५ वटा बसको व्यवस्था गरिएको एन्फाले जनाएको छ ।

ती बसहरू काठमाडौँका विभिन्न रूटमा चल्नेछन् । एन्फाले उपलब्ध गराउने बसमा चढेर घर जान दर्शकहरूले टिकट देखाउनुपर्नेछ । आज हुने खेलको टिकट सामान्य ४ सय र भीआइपीतर्फ १ हजार रूपैयाँ निर्धारण गरिएको छ । टिकट आज बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म दशरथ रंगशालामा उपलब्ध हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ असोज । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  ४ समस्याग्रस्त सहकारीको २२३ जनाको बचत फिर्ता गरेको छ। समितिका अनुसार शिव

काठमाडौँ, १६ असोज । चाडपर्व नजिकिएसँगै धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा खसीबोकाको कारोबार बढेको छ । कोशी प्रदेशका पहाडी

काठमाडौँ, १६ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, १६ असोज । नेपाल विद्युत् प्राधिकरणले विद्युत् दुर्घटनामा परी गम्भीर घाइते भएका रामेछापका विनोद तामाङलाई उपचार खर्चसहित १७ लाख ७८