सामाजिक सञ्जाल निर्देशिका : फेक आईडी, पेज र ग्रुप बनाउन नपाइने

काठमाडौँ, ४ मंसिर । सरकारले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्न बनाएको निर्देशिका सार्वजनिक गरिएको छ ।

सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्नेसम्बन्धी निर्देशिका, २०८० अनुसार अब सामाजिक सञ्जाल कम्पनीहरू सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकृत हुनुपर्नेछ । पहिलेदेखि नै सञ्चालनमा रहेका कम्पनीहरू तीन महिनाभित्र सूचीकृत भइसक्नुपर्नेछ । अन्यथा, सरकारले ती कम्पनीको सञ्चालनमा रोक लगाउन सक्नेछ । त्यस्ता कम्पनीहरूले प्रत्येक तीन वर्षमा नवीकरण गर्नुपर्ने दिर्नेशिकामा उल्लेख छ ।

सामाजिक सञ्जाल प्रयोगकर्ताले गर्न नहुने कार्य समेत निर्देशिकामा उल्लेख छ । निर्देशिका अनुसार प्रयोगकर्ताले फेक आईडी, पेज र ग्रुप सिर्जना गर्न पाइँदैन । यस्तै, फेक आईडी, पेज र ग्रुपमार्फत कन्टेन्ट उत्पादन, सेयर, अरूको कन्टेन्ट सेयर, कमेन्ट वा कल गर्नेजस्ता कार्य पनि गर्न पाइँदैन ।

कुनै व्यक्ति तथा समूहप्रति घृणा फैलाउने र सामाजिक सद्भाव बिगार्ने सामग्री वा ट्रोल समेत प्रकाशन गर्न पाइँदैन । बालश्रम, बहुविवाह, बालविवाह, जातीय छुवाछूतलगायत कानूनले वर्जित गरेका क्रियाकलापलाई प्रोत्साहन गर्न नपाइने निर्देशिकामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ भदाै । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले प्रतिकूल मौसम र अत्यन्त चुनौतीपूर्ण परिस्थितिका बाबजुद रसुवास्थित

काठमाडौँ, १३ भदाै । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग भेटवार्ता गरी नौबुँदे ध्यानाकषर्णपत्र

काठमाडौँ, १३ भदौ । भोटेकोशी बाढीबाट पीडित जनताको राहत र उद्धारको जिम्मेवारी देशको अगाडि उभिएकाले सम्पूर्ण देशवासी, विश्वभरि छरिएर रहेका

काठमाडौँ, १३ भदौ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता झलनाथ खनालबीच आज भेटवार्ता भएको छ