महिला ट्वान्टी-२० शृंखला खेल्न नेपाली टोली हङकङतर्फ प्रस्थान

काठमाडौँ, २६ कार्तिक । हङकङमा आयोजना हुने चार देश सम्मिलित महिला ट्वान्टी–२० शृंखला खेल्न नेपाली राष्ट्रिय महिला क्रिकेट टोली आज त्यसतर्फ प्रस्थान गरेको छ ।

यही कात्तिक २९ देखि मंसिर ३ गतेसम्म सञ्चालन हुने उक्त शृंखलामा विभिन्न चार टोलीले प्रतिस्पर्धा गर्नेछन् । जसमा आयोजक हङकङसहित नेपाल, तान्जेनिया र जापान छन् ।

शृंखलाको पहिलो खेलमा नेपालले यही कात्तिक २९ गते भाइटीकाका दिन तान्जेनियासँग खेल्नेछ । नेपालले कात्तिक ३० गते आयोजक हङकङसँग खेल्नेछ । नेपालले आउँदो मंसिर २ गते जापानसँग खेल्नेछ ।

शीर्ष दुई टोलीले उपाधिका निम्ति मंसिर ३ गते खेल्नेछन् । तेस्रो स्थानको भिडन्त पनि सोही दिन हुनेछ । शृंखलाका सबै खेल हङकङ क्रिकेट क्लबको मैदानमा हुनेछ । नेपाली टोलीमा कप्तान इन्दु वर्मासहित उपकप्तान विन्दु रावल, रुविना क्षेत्री, सीता रानामगर, खुसी डंगोल, सोमु विष्ट, संगीता राई, कञ्चन श्रेष्ठ, सोनी पाख्रिन, पूजा महतो, रोमा थापा, काजोल श्रेष्ठ, सम्झना खड्का र रुवि पोदार छन् । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ असोज । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  ४ समस्याग्रस्त सहकारीको २२३ जनाको बचत फिर्ता गरेको छ। समितिका अनुसार शिव

काठमाडौँ, १६ असोज । चाडपर्व नजिकिएसँगै धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा खसीबोकाको कारोबार बढेको छ । कोशी प्रदेशका पहाडी

काठमाडौँ, १६ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, १६ असोज । नेपाल विद्युत् प्राधिकरणले विद्युत् दुर्घटनामा परी गम्भीर घाइते भएका रामेछापका विनोद तामाङलाई उपचार खर्चसहित १७ लाख ७८