आईसीसीद्वारा श्रीलंका क्रिकेटको सदस्यता निलम्बन

काठमाडौँ, २५ कार्तिक । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले शुक्रबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै श्रीलंका क्रिकेटको सदस्यता निलम्बन गर्ने निर्णय गरेको जनाएको छ ।

आईसीसी बोर्डको शुक्रबार बसेको बैठकले यस सम्बन्धमा निर्णय गरेको हो । प्रेस विज्ञप्तिमा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको सदस्य भएर श्रीलंका क्रिकेटले आफ्नो जिम्मेवारी पूरा गर्न असफल भएको भनिएको छ । आईसीसीले श्रीलंकाले स्वतन्त्र रूपमा आफ्नो काम अघि बढाउन सक्षम नभएको पनि बताएको छ ।

श्रीलंका क्रिकेटले सरकारी हस्तक्षेप बिना श्रीलंकामा क्रिकेटको प्रशासन र नियमन जस्ता जिम्मेवारीहरू पूरा गर्न सक्छ भन्ने सुनिश्चित गर्न सक्षम नभएको आरोप आईसीसीको छ । यसका साथै यो निलम्बनका सर्तहरू आइसीसी बोर्डले आउँदो समयमा तय गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ असोज । विराटनगर महानगरपालिका–१६ ब्रह्माटोलमा एक पुरुष कोठाभित्र मृत अवस्थामा फेला परेका छन् । स्थानीय ४० वर्षीय बब्लु श्रेष्ठ

काठमाडौँ, १६ असोज । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी साइप्रस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा भक्तपुर चाँगुनारायण नगरपालिका–३ बस्ने

काठमाडौँ, १६ असोज । कपिलवस्तुको शिवराज नगरपालिका–१ चोरखोलामा बस र ट्रक एकआपसमा ठोक्किँदा बस चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार

काठमाडौँ, १६ असोज । कैलालीमा बाघको आक्रमणबाट एकजनाको मृत्यु भएको छ ।  प्रहरीका अनुसार गौरीगंगा नगरपालिका–६ मोयास्थित भैरव महिला सामुदायिक