सन्दीप लामिछानेको मुद्दामा लिखित बहस नोट पेस गर्न आदेश

काठमाडौँ, २३ कार्तिक । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा लिखित बहस नोट पेस गर्न आदेश भएको छ ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको एकल इजलासले सो आदेश दिएको हो । मुद्दाको विषयवस्तु, गाम्भीर्य, बहसको लागि जाहेरवाला, बादी नेपाल सरकार र प्रतिवादीको तर्फबाट हुने कानुन व्यवसायीहरूको उपस्थिति एवं बहसको क्रममा लाग्ने समय समेतलाई दृष्टिगत गरी तिनै पक्षको उपस्थितमा इजलास समक्ष भएको छलफल समेतबाट मुद्दामा बहस नोट मार्फत सबै विषयहरूलाई लिखित रूपमा पेस गरी मुद्दालाई अगाडी बढाउँदा मनासिब हुने निष्कर्ष निकालिएको हो ।

आदेशमा २०८० मङ्सिर २२ गते कार्यालय समय भित्र जाहेरवाला, बादी नेपाल सरकार र प्रतिवादीको तर्फबाट लिखित बहस नोट पेस गर्न लगाई मिसिल सामेल गर्न भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ असोज । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  ४ समस्याग्रस्त सहकारीको २२३ जनाको बचत फिर्ता गरेको छ। समितिका अनुसार शिव

काठमाडौँ, १६ असोज । चाडपर्व नजिकिएसँगै धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा खसीबोकाको कारोबार बढेको छ । कोशी प्रदेशका पहाडी

काठमाडौँ, १६ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, १६ असोज । नेपाल विद्युत् प्राधिकरणले विद्युत् दुर्घटनामा परी गम्भीर घाइते भएका रामेछापका विनोद तामाङलाई उपचार खर्चसहित १७ लाख ७८