क्यानद्वारा नेपालको सेमिफाइनल खेल घरमै बसेर हेर्न आग्रह

काठमाडौँ, १६ कार्तिक । नेपाल क्रिकेट संघ (क्यान) ले टी—२० विश्वकप छनोटअन्तर्गत शुक्रबार हुने नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बिचको सेमिफाइनल खेल घरमै बसेर हेर्न समर्थकहरुसँग आग्रह गरेको छ ।

नेपाल र यूएईबिचको सेमिफाइनल खेल मुलपानी क्रिकेट मैदानमा खेलिने छ । ‘सेमिफाइनल खेलका लागि मात्र तीन हजार पाँच सय टिकट अनलाइनमार्फत आईएमई पेबाट काट्न सकिने जानकारी गराउँछौँ । मैदानमा टिकट बुथ हुने छैन । तसर्थ निश्चित संख्यामा उपलब्ध हुने सेमिफाइनल खेलको टिकट आईएमई पेमार्फत काट्न अनुरोध छ । सम्पूणर् दर्शकलाई नेपालको सेमिफाइनल खेल सकभर घरमै बसेर हेर्नु हुन हामी हार्दिक अनुरोध गर्दछौं,’ क्यानले भनेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ असोज । नेपालका विभिन्न हिमाल आरोहणका निम्ति ६९ देशका ६४८ आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार

काठमाडौँ, १५ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, १५ असोज । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले तीन वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । सडक

काठमाडौँ, १५ असोज । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषणा गरिएका २५ सहकारी तथा ती सहकारीले लगानी गरेका वा सञ्चालन गरेका