क्यानडामा सरकारी मोबाइलमा विच्याट प्रतिबन्धित

एजेन्सी, १४ कार्तिक । क्यानडाले सरकारी मोबाइलहरूमा चिनियाँ प्रविधि कम्पनी टेनसेन्टको म्यासेजिङ एप विच्याट इन्स्टल गर्न बन्देज लगाएको छ । तत्कालैदेखि लागू हुने गरी क्यानडाले यो प्रतिबन्ध लगाएको हो ।

विच्याटलाई सुपर एपको रूपमा हेरिन्छ, म्यासेञ्जरदेखि भुक्तानीसम्म सबै सुविधा यसमा पाइन्छ । तर यो एपमार्फत चीनले विदेशी प्रयोगकर्तामाथि जासुसी गर्न सक्ने भन्दै पश्चिमी देशका सरकारहरूले सुरक्षा चिन्ता जनाइरहेका छन् ।

विच्याट विश्वमा सबैभन्दा धेरै प्रयोग हुने एपमध्ये पर्दछ । चीनमा यो एप सर्वव्यापी नै छ । दक्षिण एसियाली देशहरूमा पनि यो एप निकै लोकप्रिय छ । विच्याटबाट सरकारी सूचनाहरूमा छेडखानी भएको प्रमाण भने अहिलेसम्म नभेटिएको क्यानडाको ट्रेजरी बोर्डकी अध्यक्ष अनिता आनन्दले एउटा विज्ञप्तिमा भनेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ असोज । मन्त्रिपरिषद् बैठकका ६ वटा मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू

काठमाडौँ, १३ असोज । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले दुई मुख्य कार्यभार र १५ कामलाई कार्यान्वनका लागि सबै नेता

काठमाडौँ, १३ असोज । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएर सञ्चालित शैक्षिक कार्यक्रमबारे सार्वजनिक बहस–तथ्य, कानुन र प्रमाणमा आधारित हुनुपर्ने इन्टरनेशनल एजुकेशन

काठमाडौँ, १३ असोज । धितोपत्र बजार परिसूचक नेप्सेमा मंगलबार पनि गिरावट आएको छ । सोमबार १६ अंकले घटेको नेप्से आज पुनः