मेस्सीलाई आठौँ पटक पुरुष बालोन डी’ओर अवार्ड

एजेन्सी, १४ कार्तिक । अर्जेन्टिना तथा इन्टर मियामीका फरवार्ड लियोनल मेस्सीले आठौँ पटक पुरुष बालोन डी’ओर अवार्ड जितेका छन् ।

गत वर्ष कतारमा भएको विश्वकपमा आफ्नो देशलाई जिताउन मद्दत गरेपछि पेरिसमा आयोजित समारोहमा ३६ वर्षीय खेलाडीलाई सम्मान गरिएको हो ।

मेस्सीले म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालान्डलाई पछि पार्दै कीर्तिमानी बालोन डी’ओर अवार्ड जित्न सफल भए । विश्वकपको फाइनलमा अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमा ४-२ को हारमा ह्याट्रिक गर्ने फ्रान्सका फरवार्ड केलियन एमबाप्पे तेस्रो भए ।  बालोन डीुओरमा वर्षको उत्कृष्ट फुटबलर चुन्न विश्वभरका १०० पत्रकारहरूले मतदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ असोज । शिक्षा तथा खेलकुद मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकहरू राजनीतिक दलका कार्यक्रमहरूमा सहभागी भइरहेको विषयमा गम्भीर ध्यानाकर्षण गराउँदै आवश्यक

काठमाडौँ, १६ असोज । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापालाई नियुक्त गरेको छ । मन्त्रालयको

काठमाडौँ, १६ असोज । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  ४ समस्याग्रस्त सहकारीको २२३ जनाको बचत फिर्ता गरेको छ। समितिका अनुसार शिव

काठमाडौँ, १६ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले देशभर निर्माणाधीन प्रसारण लाइनको निर्माण कार्यमा देखिएका अवरोधहरु हटाउन समन्वय थालेको