(असोज २३, एजेंसी)। बलिउडका कमेडियन कपिल शर्मा विवाह गर्ने तयारीमा रहेका छन् ।
मुम्बई मिररका अनुसार कपिल शर्मा उनकी प्रेमिका गिन्नी चतराथका साथ यही डिसेम्बर महिनामा विवाह गर्दैछन् । पञ्जाबी रीतिरिवाज अनुसार हुने विवाहको कार्यक्रम चार दिनसम्म चल्नेछ ।
विवाहको कार्यक्रम पञ्जाबमा रहेको कपिलको आफ्नै घरमा हुनेछ । कपिलको विवाहमा बलिउडका स्टार कलाकारहरु पनि सहभागी हुनेछन् । पञ्जाबको विवाहलगत्तै कपिलले मुम्बईमा पनि रिसेप्सन पार्टी आयोजना गर्नेछन ।
कपिल शर्माले केही समयअघि उनकी प्रेमिका गिन्नी चतराथसँग प्रेममा रहेको खबर आफ्नो ट्वीटरमार्फत सार्वजनिक गरेका थिए ।






