(असोज २३, एजेंसी)। युट्युबले नयाँ फिचर मिनी प्लेयर थप गरेको छ ।
युट्युबको तल्लो बारमा एउटा बक्स जस्तै मिनी प्लेयर बटन दिइएको छ । उक्त बटनमा माउसको कर्सर पूराउँदा मिनी प्लेयर लेखिएको देखा पर्दछ ।
युट्युब भिडियो खोलेर यो बटनमा क्लिक गर्दा भिडियो मिनिमाइज भएर तल्लो साइडमा पुगेर प्ले हुन थाल्दछ । भिडियो निरन्तर चलिरहन्छ र प्रयोगकर्ताले युट्युबको मेन मेनुमा अरु भिडियो खोज्न वा ब्राउजरमा अन्य साइट पनि खोल्न सक्दछन् ।
मोबाइलको युट्युब एपमा भिडियो हेर्नेका लागि यो फिचर निकै उपयोगी हुनेछ ।







