‘छक्का पन्जा ३’लाई मल्टिप्लेक्समा उच्च शो, बुकिङ आक्रामक

(असोज २३, काठमाडौं) । दिपाश्री निरौला निर्देशित फिल्म ‘छक्का पन्जा ३’ लाई नेपालभरका मल्टिप्लेक्समा उच्च शो मिलेको छ ।

घटस्थापनाको दिन असोज २४ गतेबाट रिलिज हुने फिल्मलाई काठमाण्डौमा सबैभन्दा बढी चेन भएको ‘क्यूएफएक्स’ले मात्र यसलाई ३० शो दिएको छ । काठमाण्डौ बाहिर पनि चलचित्रले उच्च शो पाएको छ ।

क्यूएफएक्स चेनका लबिल मल, सिभिल मलमा यो चलचित्रले पाएको १५ शो नै भरिने क्रममा रहेका छन् । चलचित्रको बुकिङ आक्रामक हुने पक्का छ । चलचित्रलाई एफक्यूबले ११ शो, क्यूजले ११ शो, बीग मुभिजले १० शो दिएको छ । देशभरबाट करिब ११० शो बुकिङका लागि खुल्ला गरिएको छ ।

चलचित्रमा दिपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, जितु नेपाल, बुद्दि तामाङ लगायतका कलाकारको अभिनय रहेको  छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उपसभापति पदमा स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन् । पुरुषतर्फ उपसभापति पदका

भक्तपुर, १२ असार । दुई दशकदेखि भक्तपुरको सल्लाघारीमा सञ्चालन हुँदै आएको यातायात व्यवस्था कार्यालयलाई काठमाडौंको कोटेश्वर सार्ने तयारी भएपछि स्थानीय

चितवन, १२ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक महाधिवेशनबाट पदाधिकारीका लागि आज चुनावी प्रतिस्पर्धा हुदै छ ।

काठमाडौँ, ११ असार । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यवसायी अजेय सुमार्गीको पासपोर्ट रोक्का गरेको छ । सम्पत्ति शुद्धीकरणको उजुरीमाथि अनुसन्धान