नागरिकहरूको मृत्यु हुँदा सरकार बेखबर हुनु लज्जास्पद : क्रान्तिकारी कम्युनिस्ट पार्टी

काठमाडौँ, २३ असोज । क्रान्तिकारी कम्युनिस्ट पार्टीले प्रचण्ड नेतृत्वको सरकारले इजरायलको पक्षमा वक्तव्यबाजी गरेर साम्राज्यवादको दलाली गरेको आरोप लगाएको छ ।

क्रान्तिकारी कम्युनिस्ट पार्टीले एक विज्ञप्ति जारी गर्दै इजरायलमा प्यालेस्टाइनी हमास समूहको आतङ्ककारी हमलामा परी १० जना नेपाली विद्यार्थीको मृत्यु भएकोमा सरकारमाथि उक्त आरोप लगाएको हो ।

‘इजरायली सत्ताबाट प्यालेस्ताइनी जनतामाथि थोपरिएको अत्याचारप्रति आँखा चिम्लिएर अमेरिकी साम्राज्यवादको गोटी इजरायली सरकारको पक्षमा वक्तव्यबाजी गर्ने दाहाल सरकारको साम्राज्यवाद प्रतिको दलाली लज्जास्पद परिघटना हो ।  हाम्रो पार्टी यसको भर्त्सना गर्दछ’, विज्ञप्तिमा उल्लेख छ ।

विदेशी भूमिमा नागरिकहरूको हताहाति हुँदा पनि नेपालको दूतावास बेखबर हुनु, सरकारसँग समन्वय गरेको औपचारिकता मात्र देखिनु तर व्यवहारमा क्रियाशील हुन नसक्नु सरकार र यसका निकायहरूको लाचारीपन भएको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० फागुन । सिन्धुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार सिन्धुलीको सिन्धुलीको कमलामाई नगरपालिका–४

काठमाडौँ, २० फागुन । नेपाल एयरलाइन्सले साउदीको दमाम र कतारको दोहामा निर्धारित उडान रद्द गरेको छ । नेपाल एयरलाइन्सले आज

काठमाडौँ, २० फागुन । गृहमन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले भोली निर्वाचन दिन हवाई गस्ती गर्ने निर्णय गरेको छ । गृह

काठमाडौँ, २० फागुन । बजारमा स्ट्रबेरीको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज स्ट्रबेरीको