त्रिविमा नेविसंघले प्राध्यापकको अन्तर्वार्ता रोकेपछि महेश बर्तौलाको आपत्ति

काठमाडौँ, १९ असोज । नेकपा एमालेका सचेतक महेश बर्तौलाले त्रिभूवन विश्वविद्यालयमा उपप्राध्यापक तथा प्राध्यापकको अन्तर्वार्ता चलिरहेको बेला कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले अवरोध गरेकोमा आपत्ति जनाएका छन् ।

आज प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले त्रिभूवन विश्वविद्यालयमा ३ बर्षदेखि प्राध्यापकहरुको वृत्ति विकास रोकिएको बताउँदै  त्रिवि सेवा आयोगले असोज १४ गतेदेखि प्राध्यापक र सहप्राध्यापकका लागि अन्तर्वार्ता आह्वान गरेको बताए ।

उनले भने, ‘हिजो दिउँसो नेपाल विद्यार्थी संघले तालाबन्दी गर्यो र आदेश गर्यो र यो अन्तर्वार्ता लिन पाँइदैन । खबरदार अन्तर्वार्ता लनिका लागि आउने सेवा आयोगका अध्यक्ष र सदस्यहरुलाई गेटबाटै रोकिन्छ । यसप्रकारको फरमान जारी गर्यो । सरकारको निकट, सरकारको महत्वपूर्ण हिस्सा रहेको नेपाली कांग्रेस निकट रहेको नेविसंघले विश्वविद्यालयमा सेवा आयोगले गरिरहेको काम अवरोध तुल्याएको छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ भदाै । चीन सरकारले नेपालका बाढी पीडितका लागि घोषणा गरेको नगद सहयोग रकम हस्तान्तरण गरेको छ। आइतबार अर्थ

काठमाडौँ, भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विपद्का बेला संघीय सरकारको राहत तथा उद्धार कार्य प्रभावकारी हुन नसकेको

भक्तपुर, १४ भदाै । विपद्पछिको उद्धार तथा राहत र रसुवामा आएको बाढीबाट उत्पन्न समस्याबारे भक्तपुरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

काठमाडौँ, १४ भदौ । नेपाली कांग्रेसले बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा रु एक करोड जम्मा गर्ने भएको छ । पार्टीको