दीपेन्द्रसिंह ऐरी सहायक हवल्दारमा बढुवा

काठमाडौँ, १८ असोज । क्रिकेटर दीपेन्द्रसिंह ऐरी सहायक हवल्दारमा बढुवा भएका छन् ।

नेपाल प्रहरीका जवान पदबाट उनलाई सहायक हवल्दारमा बढुवा गरिएको डिआइजी कुवेर कडायतले बताए । चीनको हाङझाउमा १९ औं एसियाली खेलकुदमा रेकर्ड बनाएको भन्दै आइजिपी बसन्त कुँवरले विशेष बढुवा गरेको उनले बताए ।

गत असोज १० गते हाङझाउ एसियाली खेलकुद अन्तर्गत नेपालले पुरूष क्रिकेटको आफ्नो पहिलो खेलमा कीर्तिमानको ओइरो लगाएको थियो।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ असोज । शिक्षा तथा खेलकुद मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकहरू राजनीतिक दलका कार्यक्रमहरूमा सहभागी भइरहेको विषयमा गम्भीर ध्यानाकर्षण गराउँदै आवश्यक

काठमाडौँ, १६ असोज । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  ४ समस्याग्रस्त सहकारीको २२३ जनाको बचत फिर्ता गरेको छ। समितिका अनुसार शिव

काठमाडौँ, १६ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले देशभर निर्माणाधीन प्रसारण लाइनको निर्माण कार्यमा देखिएका अवरोधहरु हटाउन समन्वय थालेको

काठमाडौँ, १६ असोज । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा संस्थापन इतर समूहको १५औं महाधिवेशनको क्षेत्रीय प्रतिनिधिमा चयन भएका छन् ।