लुम्बिनी अल स्टारले दीपेन्द्रलाई एक लाख र अन्य खेलाडीलाई जनही १० हजार दिने

काठमाडौँ, १० असोज । नेपाली घरेलु क्रिकेटको फ्रेन्चाइज टिम लुम्बिनी अल स्टारले एसियाडमा मंगोलियाविरुद्ध कीर्तिमानी अर्धशतक बनाएका दीपेन्द्रसिंह ऐरीलाई एक लाख रुपैयाँ दिने घोषणा गरेको छ ।

दीपेन्द्रले आज बिहान चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत मंगोलियाविरुद्ध नौ बलमै अर्धशतक प्रहार गरेर विश्व कीर्तिमान राखेका थिए । उनले मंगोलियाविरुद्ध १० बलमा अविजित ५२ रन बनाएका थिए ।

लुम्बिनीले टिमको कप्तानसमेत रहेका दीपेन्द्रलाई एक लाख र मंगोलियाविरुद्ध प्लेइङ–११ मा रहेका सदस्यलाई जनही १० हजार दिने घोषणा गरेको हो ।

All-Star-1695796712.jpg

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १६ असोज । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग लामो दूरीका प्रहार रोक्ने गरी युद्धविराम गर्ने प्रस्ताव अस्वीकार गरेका छन् ।

काठमाडौँ, १५ असोज । अफगानिस्तानका दुई प्रान्तमा पाकिस्तानले रातभर गरेको हवाई आक्रमणमा नौ महिला तथा बालबालिकाको मृत्यु र ११ जना सर्वसाधारण

एजेन्सी, १५ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उच्च दक्ष विदेशी कामदारहरूका लागि दिइने नयाँ एच-वान बी भिसामा लगाएको १

एजेन्सी, १५  असोज । फ्रान्समा जीवनयापनको लागत बढ्दै जाँदा परिवारको क्रयशक्तिमा ऐतिहासिक दबाब परेको छ । सन् २०२४ यता दुई