मंगोलियाविरुद्ध २७३ रनको कीर्तिमानी जित

काठमाडौँ, १० असोज । चीनमा जारी १९औँ एसियालीको क्रिकेटमा नेपालले मंगोलियाविरुद्ध २७३ रनको कीर्तिमानी जित निकालेको छ ।

ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा कुनै पनि टिमले निकालेको यो अहिलेसम्मकै फराकिलो जित हो । यसअघि चेक गणतन्त्रले टर्कीविरुद्ध सन् २०१९ मा २५७ रनको जित निकाल्दै यो कीर्तिमान बनाएको थियो । जेजियाङ प्राविधिक विश्वविद्यालयको खेल मैदानमा टस हारेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर ३१४ रनको योगफल खडा गरेको थियो । यो योगफल कुनै पनि राष्ट्रले ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको अहिलेसम्मकै सबैभन्दा ठूलो योगफल हो ।

नेपाल ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ३०० रनको योगफल पार गर्ने पहिलो र हालसम्मको एकमात्र टिम बनेको छ । जितका लागि ३१५ रनको लक्ष्यसहित मैदान उत्रिएको मंगोलियाले १३.१ ओभरमा सबै विकेट गुमाएर ४१ रनमात्र बनाउन सक्यो । मंगोलियालाई सस्तैमा समेट्न नेपालका करण केसी, अभिनास बोहरा र सन्दीप लामिछानेले समान दुई विकेट लिए । सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले एक–एक विकेट लिए ।

त्यसअघि नेपालका कुशल मल्लले ५० बलमा आठ चौका र १२ छक्कासहित १३७ रन बनाएका थिए । मंगोलियाविरुद्ध ३४ बलमै शतक पूरा गरेका कुशल ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो शतक बनाउने क्रिकेटर बने । यसअघि ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा तीन ब्याटरले ३५ बलमा शतक बनाएका थिए । यसबाहेक, कप्तान रोहितकुमार पौडेलले २७ बलमा दुई चौका र ६ चौकासहित ६१ रन बनाए ।

दीपेन्द्रसिंह ऐरीले १० बलमा ५२ रन बनाए । दीपेन्द्रले नौ बलमै अर्धशतक पूरा गर्दै कीर्तिमान बनाएका थिए । दीपेन्द्र ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो अर्धशतक बनाउने क्रिकेटर बनेका हुन् ।

ओपनरद्वय कुशल भुर्तेल र आसिफले क्रमशः १९ र १६ रन जोडे । मंगोलियाका लुभसान्जुडुइ एर्डेनेबुल्गान, दाभासुरेन जमयानसुरेन र मुगुन अल्तानखुयागले समान एक विकेट लिए । नेपालले अब समूह ए मा आइतबार माल्दिभ्सविरुद्ध दोस्रो खेल खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ असोज । विराटनगर महानगरपालिका–१६ ब्रह्माटोलमा एक पुरुष कोठाभित्र मृत अवस्थामा फेला परेका छन् । स्थानीय ४० वर्षीय बब्लु श्रेष्ठ

काठमाडौँ, १६ असोज । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी साइप्रस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा भक्तपुर चाँगुनारायण नगरपालिका–३ बस्ने

काठमाडौँ, १६ असोज । कपिलवस्तुको शिवराज नगरपालिका–१ चोरखोलामा बस र ट्रक एकआपसमा ठोक्किँदा बस चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार

काठमाडौँ, १६ असोज । कैलालीमा बाघको आक्रमणबाट एकजनाको मृत्यु भएको छ ।  प्रहरीका अनुसार गौरीगंगा नगरपालिका–६ मोयास्थित भैरव महिला सामुदायिक