सबैभन्दा छिटो शतक र अर्धशतक बनाउने खेलाडी बने कुशल र दीपेन्द्र

काठमाडौँ, १० असोज । नेपाली क्रिकेट टिमका अलराउन्डरद्वय कुशल मल्ल र दीपेन्द्रसिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो शतक र अर्धशतक बनाउने क्रिकेटर बनेका छन् ।

यी दुईले यो कीर्तिमान बुधबार चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत क्रिकेटमा मंगोलियाविरुद्ध बनाएका हुन् । कुशल सबैभन्दा छिटो शतक बनाउने र दीपेन्द्र सबैभन्दा छिटो अर्धशतक बनाउने क्रिकेटर बने ।  कुशलले मंगोलियाविरुद्ध ३४ बलमै शतक पूरा गरे । यसअघि ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा तीन ब्याटरले ३५ बलमा शतक बनाएका थिए ।

यस्तै, सबैभन्दा छिटो अर्धशतक बनाउने कीर्तिमान बनाएका दीपेन्द्रले मंगोलियाविरुद्ध नौ बलमै ५० रन पूरा गरेका थिए । नेपालले मंगोलियाविरुद्ध ३१४ रनको योगफल खडा गरेको छ ।

यो ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा कुनै पनि टिमले बनाएको अहिलेसम्मकै उच्च योगफल हो । यसअघि अफगानिस्तानले आयरल्यान्डविरुद्ध २७८ रन बनाउनु नै ट्वान्टी–२० क्रिकेटको उच्च योगफल थियो । मंगोलियाविरुद्ध नेपालका कुशलले ५० बलमा आठ चौका र १२ छक्कासहित १३७ रन बनाए । नेपालबाट अन्तर्राष्ट्रिय क्रिकेटमा कुनै पनि ब्याटरले बनाएको यो नै उच्च स्कोर हो । यस्तै, दीपेन्द्रले १० बलमा आठ छक्कासहित ५२ रन बनाए ।

नेपालले प्रस्तुत गरेको ३१५ रनको लक्ष्य पछ्याइरहेको मंगोलियाले पाँच ओभरको खेल समाप्त हुँदा तीन विकेट गुमाएर १९ रन बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १६ असोज । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग लामो दूरीका प्रहार रोक्ने गरी युद्धविराम गर्ने प्रस्ताव अस्वीकार गरेका छन् ।

काठमाडौँ, १५ असोज । अफगानिस्तानका दुई प्रान्तमा पाकिस्तानले रातभर गरेको हवाई आक्रमणमा नौ महिला तथा बालबालिकाको मृत्यु र ११ जना सर्वसाधारण

एजेन्सी, १५ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उच्च दक्ष विदेशी कामदारहरूका लागि दिइने नयाँ एच-वान बी भिसामा लगाएको १

एजेन्सी, १५  असोज । फ्रान्समा जीवनयापनको लागत बढ्दै जाँदा परिवारको क्रयशक्तिमा ऐतिहासिक दबाब परेको छ । सन् २०२४ यता दुई