इन्जिनियरिङ लाइसेन्स परीक्षा : विदेशमा पढेर फर्किएका बढी अनुत्तीर्ण

काठमाडौँ, १० असोज । नेपाल इन्जिनियरिङ परिषद्द्वारा सञ्चालित लाइसेन्स परीक्षाको नतिजा निकै निराशाजनक रहेको पाइएको छ । लाइसेन्स परीक्षामा स्वदेशमा भन्दा विदेशमा अध्ययन पूरा गरी फर्किएका इन्जिनियर बढी अनुत्तीर्ण हुने गरेका छन् ।

विगतमा इन्जिनियरिङ विषयमा स्नातक तह पूरा गरेको प्रमाणपत्र पेस गरेकै आधारमा लाइसेन्स प्रदान गर्ने व्यवस्था थियो । गत वर्षबाट लाइसेन्स परीक्षामा अनिवार्य उत्तीर्ण हुनुपर्ने व्यवस्था सुरु भएको हो ।

परिषद्ले दिएको जानकारी अनुसार गत चैतमा सञ्चालित पहिलो पटकको परीक्षामा दुई हजार छ सय जनाले परीक्षा दिएकोमा ५६५ जना अर्थात् २८.१६ प्रतिशत उत्तीर्ण भएका थिए । विदेश पढेर आएका ३७८ जनाले परीक्षा दिएकोमा जम्मा ५८ जना उत्तीर्ण हुन सके । सो परीक्षामा इन्जिनियरिङका २० विधाका इन्जिनियरहरू परीक्षामा सहभागी भएका थिए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ भदौ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता वादीले विपद्को समयमा नेपाल रेडक्रस

काठमाडौँ, १४ भदाै । विनाशकारी बाढी र पहिरोका कारण ठूलो मानवीय र भौतिक क्षति बेहोरिरहेको नेपाललाई सहयोग गर्न चीन सरकारले

काठमाडौँ, १४ भदौ । नेपाली कांग्रेस संसदीय दलको बैठक भोलि बस्ने भएको छ । कांग्रेस संसदीय दलका अनुसार भोली बिहान ११

काठमाडौँ, १४ भदौ । भोटेकोसी नदीमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको क्षेत्रमा वाग्मती प्रदेश सरकारले उद्धार, राहत र