अमेरिकाले युक्रेनलाई लामो दुरीका क्षेप्यास्त्रहरू दिने

एजेन्सी, ६ असोज । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई लामो दुरीका क्षेप्यास्त्रहरू उपलब्ध गराउने योजना बनाएका छन् । यसले कीभलाई उसले चलिरहेको प्रतिकारात्मक कारबाहीमा मद्दत गर्ने अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

एनबीसी न्यूज र द वाल स्ट्रीट जर्नलले अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै राष्ट्रपति बाइडेनले आफ्ना युक्रेनी समकक्ष भोलोडिमिर जेलेन्स्कीलाई कीभले ‘थोरै संख्यामा’ एटीएसीएमएस (आर्मी ट्याक्टिकल मिसाइल प्रणाली) मिसाइलहरू प्राप्त गर्ने बताएको रिपोर्ट प्रकाशित गरेका छन् । दुई नेताबीच बिहीबार ह्वाइट हाउसमा भेटवार्ता भएको थियो । अमेरिकी अधिकारीहरूका अनुसार युक्रेनले ३०० किलोमिटर लामो दुरीसम्म प्रहार गर्न सक्ने केही एटीएसीएमएस मिसाइलहरू प्राप्त गर्नेछ । यसले कीभलाई टाढासम्म रुसी लक्ष्यहरू प्रहार गर्न सक्षम बनाउने उनीहरूको भनाई छ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ असार । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तुलसी सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ । समितिका अनुसार तुलसी

काठमाडौँ, १३ असार । बितेका २४ घण्टामा दुई हजार १०२ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । काठमाडौँ उपत्यका

काठमाडौँ, १३ असार । सरकारले लोपोन्मुख रैथाने बाली तथा कृषि जैविक विविधताको संरक्षणका लागि करिब रु तीन करोड अनुदान उपलब्ध

काठमाडौँ, १३ असार । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशको केही तथा लुम्बिनी प्रदेशको पूर्वी भेगका