अर्थतन्त्र र संस्कृतिमा टेलर स्वीफ्टको प्रभावबारे अष्ट्रेलियाले सम्मेलन गर्ने

काठमाडौँ, ५ असोज । पपस्टार टेलर स्वीफ्टको स्टारडमले संगीत, संस्कृति र अर्थतन्त्रमा पारेको प्रभावबारे छलफल गर्न अष्ट्रेलियाले विश्वमै पहिलोपटक प्राज्ञिक सम्मेलनको आयोजना गर्ने भएको छ ।

बीबीसीका अनुसार ‘स्वीफ्टपोजियम’ नाम दिइएको उक्त सम्मेलनमा गायिका स्वीफ्टले ती क्षेत्रमा पारेको प्रभावबारे शैक्षिक विमर्श चलाइनेछ । तीन दिने कार्यक्रमका आयोजकले यसले एसिया प्रशान्त क्षेत्रका अनुसन्धानकर्तालाई आकर्षित गर्ने आशा लिएका छन् ।

कार्यक्रम आगामी फेब्रुअरीमा हुनेछ । सोही समयमा गायिका स्वीफ्टले आफ्नो बहुचर्चित इरास टुरलाई अष्ट्रेलियामा आयोजना गर्दैछिन् ।

किशोरावस्थाबाटै स्टारडमको सिर्जना गरेकी गायिका स्वीफ्टले आफूलाई करिअरमा बृहत सांस्कृतिक क्षण र बहसको केन्द्रमा केन्द्रित गरिरहेकी छन् । ३३ वर्षीया स्वीफ्ट पछिल्लो समय सर्वाधिक कमाउने र लोकप्रियता हासिल गर्ने कलाकार हुन् । उनीप्रतिको लोकप्रियता यति छ कि उनको इरास टुरको टिकट साइट नै डाउन भएको छ । विज्ञहरुले ‘स्वीफ्टोनोमिक्स’ शब्दलाई चर्चामा ल्याइरहेका छन् । अष्ट्रेलियाको भिक्टोरियाजस्ता ठाउँ कानुन सुधारमा हतारिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असार । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अवैध नेपाली रुपैयाँ, अमेरिकी डलर, सुन र चाँदीसहित एकजना भारतीय नागरिकलाई

भक्तपुर, ११ असार । जिल्लाको चाँगुनारायण र सूर्यविनायक नगरपालिकाका कुखुरा फार्ममा बर्डफ्लू पुष्टि भएपछि कुखुरा नष्ट गरिएको छ । बर्डफ्लू

जुम्ला, ११ असार । जुम्लामा भूकम्प गएको छ । आज बिहान ५ बजेर ३६ मिनेट जाँदा ४.१ म्याग्नेच्युडको भूकम्प गएको

कैलाली, ११ असार । धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको सूचनाका आधारमा प्रहरीले २४ जनालाई नियन्त्रणमा लिएको