विधेयकलाई सच्याउँछौँ, विद्यालय बन्द नगरौँ : महामन्त्री थापा

काठमाडौँ,  ४ असोज । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विद्यालय शिक्षा विधेयकमा थुप्रै सुधार आवश्यक रहेको बताएका छन् ।

प्रतिनिधिसभाका सदस्य समेत रहेका थापाले संसद्‍बाट शिक्षा विधेयक सच्याउने भन्दै विद्यालय बन्द नगर्न आग्रह गरे । ‘विद्यालय शिक्षा विधेयकमा थुप्रै सुधार आवश्यक छ, संसद्‍मा हामी यसलाई सच्याउने नै छौँ, विद्यालय बन्द नगरौँ ,’ उनले लेखेका छन् ।

विद्यालय शिक्षा सम्बन्धी विधेयकमा अनेकन् कमजोरीहरू रहेको भन्दै ती सुधार गर्नै पर्ने थापाको भनाइ छ । ‘संसद्‍मा दर्ता भइसकेपछि अब यो विधायिकाको कर्तव्य र जिम्मेवारी हो। हामी सबैसँग घनिभूत छलफल र संवाद गर्नेछौँ,’ थापाले भने, ‘आन्दोलनरत शिक्षक, स्थानीय सरकार लगायत सरोकारवाला र चिन्तित अभिभावक एवं विद्यार्थी सवैका जायज माग र चिन्ताको सम्बोधन गर्ने कुरामा प्रतिबद्ध छौँ ।’

380197412_1307749309925843_3316541011960606876_n

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असार । पूर्वमन्त्री विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । सर्वोच्चका

काठमाडौँ, ११ असार । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले इन्धनको मूल्य नघटाएको भन्दै सरकारप्रति आक्रोश पोखेका छन् ।  अन्तर्राष्ट्रिय बजारमा

काठमाडौँ, ११ असार । बितेका २४ घण्टामा दुई हजार ५१९ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा

ललितपुर, ११ असार । सन्जीब दुलाल । वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवालाले बताएका छन् ।  वन