‘देव वाणी’को फष्टलुक र रिलिज मिति सार्वजनिक

काठमाडौँ, ४ असोज । अगामी पुस २७ गतेबाट फिल्म ‘देव वाणी’ प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले फिल्मको प्रदर्शन मिति तीन महिना भन्दा बढी भए पनि फष्टलुकको रूपमा २ पोस्टर सार्वजनिक गर्दै प्रचार सुरु गरेको छ ।

दुई पोस्टरमध्ये पहिलो पोस्टरमा अभिनेता सुनिल थापा र डेव्यु अभिनेता कुन्दन भारद्वाज र डेव्यु अभिनेत्री अनुजा लेप्चालाई स्थान दिइएको छ, भने दोस्रो अभिनेता भारद्धाजलाई रिसाएको मानिसको गेटअफमा उतारिएको छ ।

बाबु साहेव बलामीको निर्देशन रहेको फिल्ममा सुनिल, कुन्दन र अनुजाका अलवा ध्रुब कोइराला, घनश्याम गिरी, रवीन्द्र झा, नन्दु श्रीवास्तव, अमिता श्राप, मौसम पौडेल, देव सिंह, प्रदीप ढकाल, काजोल राघवाणी, लक्ष्मीनाथ तिमल्सिना लगायतको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असार । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निलम्बन गरेको छ । फिफा काउन्सिल ब्युरोले बुधबार

काठमाडौँ, १० असार । नेपाल बक्सिङ महासंघको आयोजनामा असार ११ गतेदेखि १४ गतेसम्म काठमाडौँमा सञ्चालन हुने ३०औँ राष्ट्रिय पुरुष तथा

काठमाडौँ, ९ असार। अर्जेन्टिनाका कप्तान लियोनल मेसीले फिफा विश्वकपको इतिहासमा सर्वकालीन उच्च गोलकर्ताको कीर्तिमान आफ्नो नाममा लेखएका छन् । अमेरिकाको

काठमाडौँ, ३ असार । नेकपा (एमाले) का प्रमुख सचेतक ऐनबहादुर महरले सन् २०२६ मा जापानमा आयोजना हुने २० औँ एशियाली