काठमाडौँ, ३ असोज । अभिनेता गौरव पहारी र श्रेयानी खतिवडाबीच बुधबार इन्गेजमेन्ट भएको छ । होटल र्याडिसनमा आयोजित समारोहमा उनीहरुबीच टिकाटालो भएको हो ।
परिवार र निकट साथीहरुको उपस्थितीमा यी दुईले इन्गेजमेन्ट औंठी साटासाट गरे । आगामी मंसिरमा उनीहरुबीच बिहे हुने तयारी छ ।




