शुभनीत सिंहको कन्सर्ट रद्द

काठमाडौँ, ३ असोज । पञ्जाबी मूलका क्यानडेली गायक शुभनीत सिंह ‘शुभ’को भारतको कन्सर्ट रोकिएको छ ।

भारत र क्यानडाबीचको कूटनीतिक तनावकाबीच अनलाइन टिकेटिङ प्लेटफर्म बुक माइ शोले कन्सर्ट रद्द गरेको घोषणा गरेको छ । साथै, कन्सर्टका प्रायोजक अमन गुप्ताले पनि टुरबाट हात झिकेको घोषणा गरेका छन् । खालिस्तानी पृथकतावादीलाई सघाएको भन्दै आलोचना खेपिरहेको बुक माइ शोले बुधबार कन्सर्ट स्थगित गरेको हो ।

शोका लागि टिकट खरिद गरेका दर्शकलाई शुल्क फिर्ता दिने समेत प्लेटफर्मले उल्लेख गरेको छ । यसैबीच, गायक शुभले खालिस्तान अतिवादलाई मद्दत मिल्ने गरी यस वर्षको सुरुमा अभिव्यक्ति दिएको पाइएकाले कन्सर्टको प्रायोजकबाट आफू पछि हटेको अमन गुप्ताको कम्पनी बोटले उल्लेख गरेको छ । साथै, गायक शुभलाई भारतीय क्रिकेटरहरु विराट कोहली, केएल राहुल लगायतले अनफलो गरेको समेत भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगले तयार पारेको ‘जेनजी’ आन्दोलनका घटनासम्बन्धी प्रतिवेदन उपलब्ध

काठमाडौँ, १३ असार । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तुलसी सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ । समितिका अनुसार तुलसी

काठमाडौँ, १३ असार । ग्लोबल आइएमई बैंक लिमिटेडले मुलुकमा उद्यमशिलताको विकास र साना तथा मझौला उद्यमको प्रवर्द्धन गर्ने उद्देश्यले ग्लोबल आइएमई

काठमाडौँ, १३ असार । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशको केही तथा लुम्बिनी प्रदेशको पूर्वी भेगका