‘रसियाली दुष्टलाई विश्वास गर्न सकिँदैन’: जेलेन्स्की

एजेन्सी, ३ असोज । ‘दुष्टलाई विश्वास गर्न सकिँदैन,’ युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रको महासभालाई सम्बोधन गर्दै आफ्नो देशविरुद्धको रुसी आक्रमण अन्त्य गर्न विश्वलाई एकजुट हुन आग्रह गरेका छन् । 

न्युयोर्कमा दिएको भाषणमा जेलेन्स्कीले परमाणु हतियारधारी मस्कोलाई विश्वलाई अन्तिम युद्धमा धकेल्न रोक्नुपर्ने बताएका छन् । उनले रुसले खानादेखि ऊर्जासम्म सबै हतियार बनाएको आरोप लगाएका छन् । युक्रेनमाथि रुसको आक्रमणलाई विश्वव्यापी रूपमा विरोध गरिएको छ । 

रसियाका कारण विश्वसामु निम्तिएको खतरामा केन्द्रित उक्त भाषणमा उनले जलवायु परिवर्तन जस्ता अन्य साझा चुनौतीलाई मस्कोलाई धकेलेपछि मात्रै उचित रूपमा सम्बोधन गर्न सकिने बताए । ‘रसियाले विश्वलाई अन्तिम विश्वयुद्धमा धकेलिरहेका बेला युक्रेनले रुसको आक्रमणपछि विश्वमा कसैले पनि कुनै राष्ट्रमाथि आक्रमण गर्ने आँट नगरोस् भन्ने सुनिश्चित गर्न सबै काम गरिरहेको छ,’ जेलेन्स्कीले वार्षिक महासभामा सहभागी विश्व नेतालाई भने । उनले भने, ‘रुसलाई आणविक हतियार राख्ने कुनै अधिकार छैन ।’

‘हतियार नियन्त्रण गर्नुपर्दछ, युद्ध अपराधलाई दण्डित गर्नुपर्दछ, निर्वासित व्यक्तिहरू घर फर्कनुपर्दछ र कब्जा गर्ने व्यक्तिहरू आफ्नै भूमिमा फर्कनु पर्छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनमा हालसम्म निर्वाचन आयोगले विद्युतीय मतदानका लागि उम्मेदवारको सूची उपलब्ध नगराउँदा

एजेन्सी, १० असार । डेमोक्र्याटिक रिपब्लिक अफ कङ्गो (डीआरसी) मा मे १५ मा घोषणा गरिएको इबोला प्रकोपमा २७७ जनाको मृत्यु

काठमाडौँ, १० असार । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी

काठमाडौँ, ९ असार । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अदालतमा दायर हुने हरेक रिट निवेदनमा आफूलाई विपक्षी बनाउने परिपाटीप्रति असन्तुष्टि जनाएको