मकवानपुर बहुमुखी क्याम्पसलाई विश्वविद्यालय बनाइने

हेटौँडा, १ असोज । हेटौँडास्थित मकवानपुर बहुमुखी क्याम्पसलाई विश्वविद्यालय बनाइने भएको छ ।

बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले अध्यक्षतामा आज यहाँ बसेको सर्वदलीय एवम् सर्वपक्षीय बैठकले उक्त निर्णय गरेको हो । प्रदेशको सामाजिक विकास मन्त्रालयद्वारा आयोजित सर्वदलीय एवम् सर्वपक्षीय  बैठकमा प्रदेश सरकारका मन्त्री, पूर्वमन्त्री, विभिन्न राजनीतिक दलका नेता, सांसद, शिक्षासँग सम्बन्धित विपद् एवम् विशेषज्ञ तथा प्रशासनिक निकायका प्रमुखको बैठकले क्याम्पसलाई विश्वविद्यालय बनाउने सहमति गरेको हो ।

बैठकमा प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल, प्रदेशसभा सदस्यहरु एकलाल श्रेष्ठ, लक्ष्मी श्रेष्ठ, प्रेमवहादुर पुलामी, जिल्ला समन्वय समितिका मकवानपुरका प्रमुख ललित घलान, नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा र राष्ट्रिय प्रजातन्त्र पार्टीका सागर थापालगायतको सहभागिता थियो । उक्त क्याम्पसलाई विश्वविद्यालय बनाउनु आफैँमा गौरवको विषय भएकाले तदारुकताका काम अगाडि बढाउनुपर्नेमा बैठकमा सहभागीले जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगले तयार पारेको ‘जेनजी’ आन्दोलनका घटनासम्बन्धी प्रतिवेदन उपलब्ध

काठमाडौँ, १३ असार । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तुलसी सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ । समितिका अनुसार तुलसी

काठमाडौँ, १३ असार । ग्लोबल आइएमई बैंक लिमिटेडले मुलुकमा उद्यमशिलताको विकास र साना तथा मझौला उद्यमको प्रवर्द्धन गर्ने उद्देश्यले ग्लोबल आइएमई

काठमाडौँ, १३ असार । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशको केही तथा लुम्बिनी प्रदेशको पूर्वी भेगका