१२ औं काठमाडौं म्याराथ बिजेता : हेमलाल र कान्छीमाया

(असोज २०, काठमाडौं) । १२ औं काठमाडौं म्याराथ बिजेता नेपाली सेनाका हेमलाल श्रेष्ठ र भक्तपुरकी कान्छीमाया कोजु भएका छन

हेमलालले ४२.१९ कि. मि.को दूरी २ घन्टा, २० मिनट ४५ सेकेन्डमा पुरा गर्दै स्वर्ण हात पारेका हुन । दोश्रो स्थानमा सेनाका राजन खत्री र तेश्रो स्थानमा नेपाल प्रहरीका भूमिराज राई रहे । खत्रीले २ घन्टा २३ मिनट ३३ सेकेन्डमा र राईले २ घन्टा २४ मिनट ३१ सेकेन्डमा पुरा गरे ।

महिलातर्फ स्वर्ण जितेकी कान्छीले २ घन्टा, ५० मिनट ४१ सेकेन्डमा दौड पुरा गरेकी छन् । भक्तपुरकै सरिता वासीले ३ घन्टा ११ मिनट १४ सेकेन्डमा दूरी पुरा गर्दै रजत र राजपुरा पछाईले ३ घन्टा, २४ मिनट ८ सेकेन्डमा दूरी पुरा गर्दै कास्य पाइन् ।  पहिलोले ५० हजार, दोश्रोले २० हजार र तेश्रोले १५ हजार नगद सहित मेडल प्राप्त गरे ।

रोड रेशमा एपिएफका गोपी चन्द्र पार्कीले पहिलो स्थान प्राप्त गरे । उनले १ घन्टा ७ सेकेन्डमा दूरी पुरा गरे । दोश्रो स्थानमा रहेका सेनाका रामजी बस्नेतले १ घन्टा २१ सेकेन्डमा दूरी पुरा गरे । स्वर्ण, रजत र कास्य पदकधारीले नगद २० हजार, १३ हजार र ७ हजार नगद पाए ।

५ कि.मि. खुला दौडतर्फ पुरुमा अजित यादव र महिलाम सन्तोषी श्रेष्ठ पहिलो स्थान हात पार्न सफल भए । अजितले १८ मिनट ११ सेकेन्डमा र सन्तोषीले २० मिनट ३७ सेकेन्डमा दूरी पुरा गरे । पुरुष तर्फ मिलन कार्कीले रजत र जितेन्द्र दनुवारले कास्य पाए । महिला तर्फ सानु माया कार्की र फुलमती रानाले रजत र कास्य पाए । उनीहरुले नगद १० हजार ६ हजार र ४ हजार नगद सहित मेडल र प्रमाण पत्र प्राप्त गरे ।

५ कि.मि.कै छात्रतर्फ १९ मिनट ५१ सेकेन्डका साथ प्रविनकुमार बोहराले स्वर्ण पाए । दोश्रो स्थानमा सागर श्रेष्ठ र तेश्रो स्थानमा नारायण तामाङ्ग रहे । छात्रातर्फ कर्णाली स्पोर्ट्सकी मञ्जु रावतले २४ मिनट ५५ सेकेन्डका साथ स्वर्ण पाइन् । काजल बिष्टले रजत र विजेश्वरी ज्ञान मन्दिर सैनिक बिद्यालयकी स्वेशा बलामीले कास्य पाइन् । बिजयी खेलाडीहरुले ५ हजार, ३ हजार २ हजार नगद सहित मेडल प्रमाण पत्र प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवालगायतमाथि पासपोर्ट छपाइसम्बन्धी ठेक्कामा अलग्गै अनुसन्धान हुने जनाएको छ ।

काठमाडौँ, ९ असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारीलाई राजनीतिक प्रतिशोध र शृङ्खलाबद्ध षड्यन्त्रको रूपमा टिप्पणी

‘ऋण असुली पनि तीव्र’ काठमाडौँ, ८ असार । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले लालीगुराँस सहकारी र आइडियल यमुना सहकारीका साना बचतकर्ताको

काठमाडौँ, ८ असार । नेकपा (एमालेका) उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ परेका छन् । उनलाई सम्पत्ति शुद्धीकरण विभागले पक्राउ गरेको हो । पौडेललाई