प्रधानमन्त्री विदेश जानुअघि शिक्षा विधेयक टेबुल हुन्छ : मन्त्री राई

काठमाडौँ, १९ भदौ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को विदेश भ्रमण अगाडि विद्यालय शिक्षासम्बन्धी विधेयक सङ्घीय संसद्मा टेबुल हुने बताएका छन् ।

विधेयकमा आफूहरुको मुद्दा सम्बोधन गरी छिटो ल्याउन ध्यानाकर्षण गर्न आज सिंहदरबारस्थित कार्यकक्षमा पुगेको नेपाल शिक्षक महासङ्घको टोलीलाई उनले उक्त जानकारी गराएको नेपाल विद्यालय परिषद्का अध्यक्ष गङ्गाराम तिवारीले जानकारी दिए । 

उक्त विधेयक एक महिनाअघि मन्त्रिपरिषद्बाट पारित भए पनि सरोकारपक्षको विरोधका  कारण मन्त्रिपरिषद्मै पुनः विचारको स्थितमा छ । विधेयकमा समेटिनुपर्ने सरोकारवालाका विषयलाई सम्बोधन गर्न उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा कार्यदल गठन गरिएको छ । प्रधानमन्त्री दाहाल संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन यही भदौ अन्तिम साता संयुक्त राज्य अमेरिका जाँदै  छन् । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ भदौ । भोटेकोशीमा आएको बाढी प्रभावित क्षेत्र नुवाकोटमा एउटै घरमा २४ जनाको शव भेटिएको छ । विदुर नगरपालिका–१०

काठमाडौँ, १६ भदौ । पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि राजधानी बाहिर ग्यास वोटलिङ (भरिने) भएको छ । ग्यास बोकेका बुलेट

काठमाडौँ, १६ भदौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, १६ भदौ । २०८३ साल भदौ १६ गते मंगलबारको राशिफल ।  मेष : दिन राम्रो छ । नयाँ साथीसँगको भेटले