१० हजार सिम कार्ड आयात

काठमाडौँ, १५ भदौ । नेपालमा चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो महिनामा १० हजार यूनिट भन्दा बढी सिम कार्ड आयात भएको छ ।

भन्सार विभागको तथ्यांक अनुसार चालु आवको साउनमा १ लाख १८ हजार रुपैयाँ बराबरको १० हजार ४६ यूनिट सिम कार्ड आयात भएको हो ।

सिम कार्ड आयातबाट सरकारले २२ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । सिम कार्ड मेक्सिको, मलेसिया र यूएईबाट आउने गरेको देखिन्छ । ९९ प्रतिशतभन्दा धेरै सिम कार्ड मेक्सिकोबाट नेपाल आएको छ । मेक्सिकोबाट ७५ हजार रुपैयाँ बराबरको १० हजार यूनिट सिम कार्ड आउको छ ।

यूएईबाट ३७ हजार रुपैयाँको २६ यूनिट सिम कार्ड आएको देखिन्छ । मलेसियाबाट ६ हजार रुपैयाँको २० यूनिट सिम कार्ड भित्रिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असोज । नेपाल राष्ट्र बैंकले आज ३० अर्ब रुपैयाँ निक्षेप खिच्दै छ । बैंकिङ प्रणालीमा अधिक तरलता कायमै रहेपछि

काठमाडौँ, १२ असोज । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ५ हजार रुपैयाँले

काठमाडौँ, १२ असोज । एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को गभर्नर परिषद्को ११औँ वार्षिक बैठकमा सहभागी हुन दोहा पुग्नुभएका अर्थमन्त्री

काठमाडौँ, १२ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ