सिटिइभिटीको प्रवेश परिक्षामा २६ हजार बढी विद्यार्थी सहभागी

भक्तपुर, ९ भदौ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद सिटिइभिटीले दुई साताअघि निर्धारित प्रवेश परिक्षा आज सञ्चालन गरेको छ । १५ हजार छ सय सिटका लागि ३१ हजार ३ सय ४७ विद्यार्थीले फारम भरेकामा ८५ प्रतिशत अर्थात २६ हजार छ सयबढी विद्यार्थी परिक्षामा सहभागी भएका छन् ।

प्रवेश परिक्षाका लागि चिकित्सा शिक्षा आयोगबाट कोटा निर्धारण भई आएका स्वास्थ्य तर्फका नर्सिङ, हेल्थ अशिष्टेण्ट (एच.ए.) र फार्मेसी लगायतका विषय पढ्ने विद्यार्थी सहभागी भएका छन् । त्यसैगरी सिटिइभिटीको परिक्षा नियन्त्रण कार्यालयबाट तोकिएको मापदण्ड अनुसार बाँकी आठ विषयको प्रवेश परिक्षा सञ्चालन गरिएको हो ।

शनिवार बिहान ४२ जिल्लाका ८३ वटा केन्द्रमा शान्तिपुर्ण र मर्यादित रुपमा परिक्षा सम्पन्न भएको परिक्षा नियन्त्रक प्रमोद भक्त आचार्यले बताए । परिक्षा नियन्त्रक आचार्यका अनुसार, परिक्षाफल एक सातामा प्रकाशित गर्ने गरी गृहकार्य अघि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ भदौ । वैदेशिक रोजगारीका लागि इराक पठाइदिने भन्दै रकम ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । 

काठमाडौँ, १६ भदौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये ९८७ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद्

काठमाडौँ, १६ भदौ । रुकुमपूर्वको सिस्ने गाउँपालिका-८ स्यालापाखा सडक खण्डमा जिप दुर्घटनामा भएको छ । प्रहरीका अनुसार रुकुमपूर्वको लाम्फाकोटबाट रुकुमपश्चिमको खलंगातर्फ

काठमाडौँ, १६ भदौ । मुस्ताङको स्याउ बगैँचामा धमाधम छिटो पाक्ने स्याउको ‘पोस्ट हार्भेस्ट’ सुरुआत गरिएको छ । छिटो पाक्ने स्याउ टिप्ने