नेपाली महिला क्रिकेट टोली फाइनलमा

काठमाडौँ, ८ भदौ । मलेसियामा जारी चार राष्ट्र सम्मिलित महिला टीट्वान्टी क्रिकेट प्रतियोगिताको आफ्नो तेस्रो खेलमा नेपाली टोली पराजित भएको छ । घरेलु टोली मलेसियाले शुक्रबार नेपाललाई ६ विकेटले हराएको हो । 

तेस्रो खेलमा पराजित भए पनि नेपाल प्रतियोगिताको फाइनलमा पुगेको छ ।  यसअघि नेपाल आफ्नो पहिलो र दोस्रो खेलमा विजयी भएको थियो । नेपालले पहिलो खेलमा गत मंगलबार हङ्कङलाई ६ विकेटले हराएको थियो । नेपालले आफ्नो दोस्रो खेलमा बुधबार कुवेतलाई ३४ रनले पराजित गरेको थियो । नेपाललाई हराए पनि मलेसिया फाइनलमा पुग्न सकेन । प्रतियोगिताको फाइनलमा नेपालले हङ्कङको सामना गर्नेछ ।

यो शृंखला सकिएपछि नेपालले थाइल्यान्डसँग अभ्यास खेल खेल्नेछ । नेपालले आईसीसी महिला टीट्वान्टी विश्वकपको एसियाली क्षेत्रको छनोट प्रतियोगिताका लागि अभ्यास खेल खेलेको हो । एसियाली क्षेत्रको छनोट प्रतियोगिता अगस्त ३१ देखी सेप्टेम्बर ९ सम्म मलेसियामा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले वैदेशिक रोजगारीबाट फर्केका युवालाई लक्षित गर्दै कृषि उद्यमशीलताका लागि

काठमाडौँ, १७ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्दै छ। दिउँसो ३:०० बजे केन्द्रीय कार्यालयमा बैठकमा

काठमाडौँ, १७ असोज । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका

काठमाडौँ, १६ असोज । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली विशेषताको समाजवादको कुरा गरिरहेको बताएका छन् । आज मनोनीत