नेपाली फिल्म ‘बोबि’ हङकङमा प्रदर्शन (फोटो फिचर)

(असोज १८, काठमाडौ) । मिलन चाम्सद्धारा निर्देशित चलचित्र बोबीले नेपाली फिल्मको इतिहासमा, दर्शकको माया अनि साथको नयाँ उचाई हङकङमा प्राप्त गरेको छ ।

पहिलो पटक नेपाली फिल्मले हङकङमा यति धेरै दर्शकको साथ, माया पाएको छ । चलचित्र हेरेपछि हङकङमा पनि दर्शक रुदै नै हलबाट बाहिरिएका थिए ।

समसामयीक तथा व्यवहारिक जीवनमा आई पर्ने कथावस्तुमा आधारीत यो चलचित्रले आम नेपाल र नेपालीमा मात्र नभई विश्वका सवै नागरिकलाई जीवन जीउन तथा संघर्षका जीवन जिउनको निम्ती एउटा सन्देश जसले जीवन जिउनको निम्ती प्रेरणादायी हुने देखिन्छ ।

उमेश थापा र कविता गुरुङको वास्तविक प्रेम कथामा बनेको फिल्म ‘बोबी’मा उनीहरुकै अभिनय रहेकोले पनि दर्शकले मन पराएका छन् ।

नरेश भटटराई र गिरीराज घिमिरेको संयुक्त लेखन रहेको चलचित्र “बोबि” मा नायीका कविता गुरुङ, नायक उमेश थापा, क्याप्टेन तथा कलाकार विजय लामा, रुवी राणा शाह लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ असोज । प्रहरीले बाँकेका दुई अलग–अलग स्थानबाट ६३ दशमलव ८९ ग्राम लागूऔषधसहित सात जनालाई पक्राउ गरेको छ । नेपालगन्ज

काठमाडौँ, १ असोज । सडक भास्सिएर काठमाडौँसँग सडक सञ्जाल नै टुटेको पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर क्षेत्रमा नयाँ ट्र्याक निर्माण गरिएपछि राजमार्ग

काठमाडौँ, १ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, १ असोज । आज असोज १ गते, देशभर विभिन्न यन्त्र, औजार, प्रविधि तथा सवारीसाधनको पूजाआजा गरी भगवान् विश्वकर्माको आराधनासहित