विश्वमा नेपालको इन्टरनेट स्पिड ८२औँ स्थानमा

काठमाडौँ, ५ भदौ । अमेरिकी इन्टरनेट कम्पनी ओक्लाले सार्वजनिक गरेको इन्टरनेट स्पिड सूचकांकमा नेपाल ८२औँ स्थानमा रहेको छ ।

१८२ देश तथा क्षेत्रको ब्रोडब्यान्ड इन्टरनेट स्पिडको सूचीमा ओक्लाको स्पिडटेस्टले नेपाललाई ८२औँ स्थानमा राखेको हो । ओक्लाका अनुसार नेपालको ब्रोडब्यान्ड इन्टरनेको डाउनलोड स्पिड ५५.५७ एमबीपीएस र अपलोड स्पिड ५०.०३ एमबीपीएस रहेको छ । इन्टरनेट लेटेन्सी (ढिलो चल्ने वा सुस्तता) भने ५ मिलिसेकेन्ड छ ।

ब्रोडब्यान्ड इन्टरनेको सूचीमा पहिलो नम्बरमा सिंगापुर रहेको छ । जसकाे इन्टरनेटको डाउनलोड स्पिड २४७.४४ एमबीपीएस रहेको छ भने अपलोड स्पिड २०५.७३ एमबीपीएस रहेको छ । चीन सातौँ स्थानमा छ । भारत नेपालभन्दा पछाडि ८५औँ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असोज । नेपाल राष्ट्र बैंकले आज ३० अर्ब रुपैयाँ निक्षेप खिच्दै छ । बैंकिङ प्रणालीमा अधिक तरलता कायमै रहेपछि

काठमाडौँ, १२ असोज । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ५ हजार रुपैयाँले

काठमाडौँ, १२ असोज । एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को गभर्नर परिषद्को ११औँ वार्षिक बैठकमा सहभागी हुन दोहा पुग्नुभएका अर्थमन्त्री

काठमाडौँ, १२ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ