नेविसंघको असन्तुष्ट पक्षसँग चार बुँदे सहमति

काठमाडौँ, ३ भदौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ७१० सदस्यीय नेविसंघ विस्तार गरेपछि असन्तुष्ट बनेको पक्षसँग चार बुँदे सहमति भएको छ । 

आइतबार भएको सहमतिमा नेविसंघको केन्द्रीय तदर्थ समिति एक साताभित्र थप विस्तार गर्ने, तदर्थ समितिको पहिलो बैठकबाट १२ औं महाधिवेशनको यथोचित कार्यतालिकासहित मिति घोषणा गर्ने, संगठभित्र समावेशी हिसाबले नेता कार्यकर्ताको व्यवस्थापन गर्ने र असन्तुष्ट पक्षले गरेको रिले अनसन तोड्ने बुँदा समावेश गरिएको छ । 

सभापति देउवाले साउन २२ गते नेविसंघ विस्तार गरेका थिए। नेविसंघ असन्तुष्ट पक्षले विधानविपरीत सभापति देउवाले नेविसंघको जम्बो केन्द्रीय समिति बनाएकोमा विरोध गरिरहेका थिए । २०७३ सालदेखि नेविसंघको नियमित अधिवेशन हुन सकेको छैन। कांग्रेसले नेविसंघ तदर्थ समिति गठन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ भदौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

एजेन्सी, १५ भदौ । अमेरिकी सेनाले इरानको लारक द्वीपमा रहेका दुईवटा इरानी लन्चरमा आक्रमण गरेको छ। गत जुलाईको अन्त्यपछि इरानमाथि भएको

काठमाडौँ, १५ भदौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Exchange Rate

बर्दिबास, १५ भदौ । नेकपा (एमाले) मधेस प्रदेश कमिटी सचिवालयको बैठकले रसुवालगायत बाढी प्रभावित क्षेत्रमा स्वयंसेवक परिचालन गर्ने निर्णय गरेको