स्विडेन महिला विश्वकप फुटबलको तेस्रो स्थानमा

काठमाडौँ, २ भदौ । स्विडेनले फिफा महिला विश्वकप फुटबलको तेस्रो स्थान पक्का गरेको छ ।

आज ब्रिस्वेनमा भएको खेलमा घरेलु तथा आयोजक अष्ट्रेलियालाई २–० गोलले हराउँदै स्विडेन तेस्रो बन्न सफल भएको हो ।

स्विडेनका फ्रिडोलिना रोल्फो र कोसाभारे अस्लानीले गोल गरे । सेमिफाइनलमा स्विडेन स्पेनसँग र अष्ट्रेलिया इंग्ल्याण्डसँग पराजित भएका थिए ।

महिला विश्वकप फुटबलको फाइनलमा भोलि इंग्ल्याण्ड र स्पेन खेल्ने छन् । दुवै टोली पहिलोपटक फाइनलमा पुगेका हुन् ।अस्ट्रेलिया र न्युजिल्याण्डले संयुक्त रुपमा आयोजना गरेको महिला विश्वकपमा ३२ टोली सहभागी थिए । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ असोज । नेपालका विभिन्न हिमाल आरोहणका निम्ति ६९ देशका ६४८ आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार

काठमाडौँ, १५ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, १५ असोज । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले तीन वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । सडक

काठमाडौँ, १५ असोज । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषणा गरिएका २५ सहकारी तथा ती सहकारीले लगानी गरेका वा सञ्चालन गरेका