पीडितको आमाको नागरिकतासम्बन्धी कागजात मगाउन आदेश

काठमाडौँ, ३२ साउन । क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी रहेको बलात्कारको मुद्दामा अदालतले पीडित किशोरीको आमाको जन्ममिति सम्बनधी कागजात मगाउने आदेश दिएको छ ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाले आमाको नागरिकतासम्बनधी कागजात मगाउने आदेश दिएका हुन् । 

प्रतिवादी सन्दीप लामिछानेका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेका अनुसार अदालतले पीडित किशोरीको आमाको जन्ममिति खुल्ने कागजात मगाउने आदेश दिएको बताए । कतिपय कागजातमा पीडित भनिएकी किशोरीको उमेर र उनकी आमाको उमेर अन्तर ९ वर्षको मात्रै देखिएको भन्दै सो विषय स्पष्ट हुन आमाको नागरिकता वा जन्ममिति खुल्ने कागजात मगाइएको हो । 

अब पीडित किशोरीको आमाको नागरिकतासम्बन्धी कागजात आएपछि मात्रै उक्त मुद्दामा सुनुवाइ हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १६ जेठ । संयुक्त राष्ट्रसङ्घले शुक्रबार द्वन्द्वग्रस्त दक्षिण सुडानमा ७० लाखभन्दा बढी मानिसहरूलाई खाद्यान्न सहयोगको आवश्यकता रहेको चेतावनी दिएको छ।

काठमाडौँ, १५ जेठ । कम्बोडिया सरकारले भिसाको समयावधि समाप्त भइसके पनि त्यहाँ बसिरहेका ६०२ नेपालीको जरिबान तथा शुल्क मिनाहा गरेको छ

एजेन्सी, १५ जेठ । मध्यपूर्व युद्ध शुरु भएको तीन महिनापछि अमेरिका र इरानले एकअर्कालाई युद्धविराम उल्लङ्घन गरेको आरोप लगाएका छन् । 

काठमाडौँ, १५ जेठ । संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले सन् १९४८ मा पहिलो संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना अभियान स्थापना गरेको दिनको