काठमाडौँ, ३० साउन । स्पेन ‘नवौं महिला विश्व कप फुटबल प्रतियोगिता’ को फाइनलमा पुगेको छ । स्पेन मंगलबार खेलिएको सेमिफाइनल खेलमा बलियो प्रतिद्वन्द्वी स्विडेनलाई २-१ गोलले हराउँदै प्रतियोगिताको फाइनलमा पुगेको हो ।
स्पेनले अब उपाधिका लागि अस्ट्रेलिया र इङ्ल्यान्डबीच हुने सेमिफाइनल खेलको विजेतासँग उपाधिका लागि भिडन्त गर्नेछ । दोस्रो सेमिफाइनल खेल बुधबार खेलिने छ । स्पेन र स्विडेनबीचको सेमिफाइनल खेल निकै प्रतिस्पर्धात्मक थियो ।





