हामीलाई झुन्ड्याउन जुन डोरी तयार गरेका थिए, त्यसलाई हामीले छिनालिदियौं: अध्यक्ष ओली

काठमाडौँ, ३० साउन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले २०७७ पुस ५ गते संसद् विघटन नगरेको भए पार्टी ध्वस्त हुने बताएका छन् ।

मंगलबार काठमाडौंको जोरपाटीमा बागमती प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षणमा बोल्दै उनले संसद् विघटन गरेर सही गरेको निष्कर्ष सुनाएका हुन् । षड्यन्त्र छिनेपछि तत्कालीन पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत नेताहरू आत्तिएको बताए। उनीहरूलाई पहिल्यैदेखि प्रतिनिधि सभा भंग हुने डर रहेको पनि अध्यक्ष ओलीले बताए । प्रतिनिधि सभा पुनःस्थापना हुँदा पनि केही नबिग्रिएको र संगठन, वामपन्थी आन्दोलन ध्वस्त बनाउने प्रयास विफल बनाइएको ओलीको दाबी थियो।

उनले भने, ‘हामीले पुस ५ गते संसद् विघटन गर्‍यौं । हामीले ठीक ठानेर गर्‍यौं । ठीक भनेर गर्‍यौं । ठीक थियो र गर्‍यौं । नगरी नहुने थियो र गर्‍यौं । विलकुलै समसामयिक कदम चाल्यौं । यो नगरेको भए हाम्रो आन्दोलन ध्वस्त हुन्थ्यो । ध्वस्त पार्ने षड्यन्त्र भएको थियो । हामीलाई झुन्ड्याउन जुन डोरी उनीहरूले तयार गरेका थिए । त्यसलाई हामीले छिनालिदियौं । पुस ५ गतेको कदम भनेको त्यही हो । हामीलाई मार्न जुन डोरी बनाएका थिए, त्यो डोरी हामीहरूले काटिदियौं । ‘संगठन, वामपन्थी आन्दोलन ध्वस्त बनाउन कुसुलेहरूले पुतली नचाइरहेका थिए। ती कुसुलेहरूलाई पनि बडा धक्का पर्‍यो ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ फागुन । सर्लाहीमा बेहोस भएका मतदान अधिकृतको मृत्यु भएको छ ।  मृत्यु हुनेमा ४२ वर्षीय रघुनाथ महतो छन् ।

काठमाडौँ, १९ फागुन । धनुषाको मिथिला नगरपालिकामा शंकास्पद वस्तु विस्फोट हुँदा दुई बालबालिका घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका

काठमाडौँ, १९ फागुन । भक्तपुरबाट हतियारसहित एक जना पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा गोरखाको पालुङटार नगरपालिका–९ घर भई

काठमाडौँ, १९ फागुन । बजारमा सागको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार पछिल्लो